ललितपुर महानगरपालिकाले साढे ४ करोडमा दुई वटा ब्रुमर खरिद गर्यो

ललितपुर महानगरपालिकाले साढे ४ करोडमा दुई वटा ब्रुमर खरिद गर्यो

ललितपुर, २१ साउन । ललितपुर महानगरपालिकाले ४ करोड ४८ लाख ११ हजार दुई सय ८० रुपैयाँमा दुई वटा ब्रुमर खरिद गरेको छ ।

जेन टेक प्रालिमार्फत टेन्डर प्रक्रियाबाट ब्रुमर खरिद गरेको महानगरपालिकाले जनाएको छ । सडकमा रहेको धूलो सफा गर्न इटालीको ‘म्याकरो’ कम्पनीले निर्माण गरेको ‘एम ६०’ मोडलको ब्रुमर खरिद गरेको मेयर चिरिबाबु महर्जनले बताए ।

केही दिनमा औपचारिक कार्यक्रम गरी ब्रुमर सञ्चालन गर्ने तयारी रहेको महानगरका जिन्सी व्यवस्थापन शाखाका प्रमुख सागर थापाले बताए । उनले भने, ‘ब्रुमर सञ्चालनसम्बन्धी पाँच दिने तालिम हुँदै छ ।

तालिमपछि महानगरले निर्णय गरी ब्रुमर सञ्चालनको मिति तोक्नेछ ।’ ‘म्याकरो’ कम्पनीका इन्जिनियरले महानगरका मेकानिकल इन्जिनियर, चालक र मिस्त्री गरी पाँच जनालाई पाँच दिनसम्म दैनिक करिब तीन घण्टा तालिम दिनेछन् ।



ट्रेन्डिङ