चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं २० साउन । काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । गएराती चार किलो सुनसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका प्रहरीले जनाएको छ ।

चिनियाँ नागरिक ली निङ्ग्सी ड्रयागन एयरको विमानमार्फत आएका थिए । चार किलो सुनसहित नियन्त्रणमा लिइएका उनीबारे अनुसन्धान भैरहेको नेपाल प्रहरी स्रोतले जनाएको छ ।

उनीसँगको सञ्जालका विषयमा अहिले अनुसन्धान भैरहेको प्रहरीका एक अधिकारीले जानकारी दिएका छन् ।



ट्रेन्डिङ