पूर्वराजाले धेरै बकबक गरेमा नागार्जुनबाटै निकाल्ने प्रचण्डको चेतावनी

पूर्वराजाले धेरै बकबक गरेमा नागार्जुनबाटै निकाल्ने प्रचण्डको चेतावनी

चितवन १९ साउन । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले पूर्वराजा र राजावादी दलका गतिविधिमा असन्तुष्टि जनाएका छन् ।
सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमाथिको पुलको सिन्धुली खैरेनीघाटमा उद्घाटन गर्दै प्रचण्डले पूर्वराजाले धेरै बकबक गरेमा जनताले नागार्जुनबाटै निकाल्ने चेतावनी दिए । पछिल्लो समय गणतन्त्र, संघीयता, समावेशीता र धर्म निरपेक्षताका बिरोधमा विभिन्न प्रकारले क्रियाकलाप गरिरहेको संकेत गर्दै प्रचण्डले भने, ुमहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेका छन् । उनीहरु सच्चिएनन् भने नसोचेको हविगत हुन्छ । जनताको त्याग र बलिदानबाट आएको व्यवस्थाको सम्मान गरेर अगाडि बढ्नु पर्छ ।

नेकपा अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको बताएका छन् । पछिल्लो समय पूर्वराजाले अदृश्य रुपमा राजनीतिक क्रियाकलाप गर्दै आईरहेका छन् । राप्रपा अध्यक्ष कमल थापाले समेत सरकार नभएर अब व्यवस्था नै फेर्नुपर्ने बताएका थिए । जीवनभर तानाशाहको चाकरी गर्नेले अहिले सरकार र व्यवस्थाकै बिरोधमा प्रचार गरिरहेको प्रचण्डको भनाई छ ।



ट्रेन्डिङ