हिमानी गरिने पूर्व राजाको पुस्तक विमोचन

हिमानी गरिने पूर्व राजाको पुस्तक विमोचन

काठमाडौं १९ साउन । भूकम्पपछि हिमानी ट्रष्टले गरेको मानवीय सेवाका विषयमा पूर्वयुवराज्ञी हिमानी शाहले पत्रकार सम्मेलन गरेर जानकारी गराएकी छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले लेखेको पुस्तक सन्देश संग्रहु पत्रकार सम्मेलनमा सार्वजनिक गरिन । उनले पूर्वराजाको सन्देश पढेर समेत सुनाइन् ।
ट्रष्टको कार्यालय बालुवाटारमा पत्रकार सम्मेलन गरेर उनले पुस्तक विमोचन गरेकी हुन । नेपालमा भएका प्राकृतिक विपत्तिमा विभिन्न समयमा ट्रष्टले राहत उपलब्ध गराउँदै आएको आयोजित पत्रकार सम्मेलनमा बताईन् ।

विक्रम संवत २०७२ को भूकम्पमा पनि आफ्नो स्रोत र साधनले भ्याएसम्म राहत वितरणमा ट्रष्ट लागिपरेको पूर्वराजाको सन्देशमा उल्लेख छ । पुस्तक बिक्रीबाट उपलब्ध रकम पनि कोषमै जम्मा गरिने र उक्त रकम सामाजिक कार्यमा खर्च गरिने शाहले बताएकी छन् । ट्रष्टको संरक्षकमा पूर्वराजा ज्ञानेन्द्र शाह छन् ।



ट्रेन्डिङ