वीर र समिताको रोमान्स-भिडियो सहित

वीर र समिताको रोमान्स-भिडियो सहित

आरएन चौधरी थारुपिविएम न्यूज । 
कैलाली १९ साउन । चुरी पायल कंगना…., तिमी बिना , लगायतका चर्चित थारु,नेपाली भाषाको गीतहरु युट्युबमा तहल्का पिटिरहेको बेला थारु समुदायका जल्दाबल्दा सुपर स्टार मोडल वीर चौधरीले अभिनय गरेको गीतले तहल्का पिट्दै छ । एकदमै नयाँ थारु भाषाको गीत धडकन चले जवतक तुू बोलको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

वीर संगसंगै खासगरी भोजपुरी गीतको भिडियोमा अभिनय गर्न रुचाउने झट्ट हेर्दा विदेशी जस्तै देखिने केटी समिता गिरीको अभियनय छ । थारु भाषाको गीत चुरिया गुरियाको टाइटलमा खेलेर चर्चामा आएका समिता गिरीको मनमोहक अभिनय समेत देख्न पाइन्छ।

 

प्रतिमा चौधरीको लगानीमा निर्माण गरिएको यस गीतको छायांकन पतिराम थनेतले गरेका हुन । उनको टिमले पूर्व देखि पश्चिम सम्मका जिल्लाहरुमा पुगेर विभिन्न रमणीय स्थलमा पुगेर छायांकन गरेका छन् । रोमान्सले भरपुर यस् म्यूजिक भिडियोलाई दर्शकहरुले रुचाउने निर्मात्री चौधरीको विश्वास छ । मनमोहक स्थल र आकर्षक दृश्यमा गीतको छायांकन गरिएको छ ।
चर्चित गायक, गायिका गणेश चौधरी र अनु चौधरीको स्वर रहेको यस् भिडियोको निर्देशन तथा सम्पादन हिरा चौधरी, धर्मेन्द्र सिंह चौधरीले गरेका हुन भने वीर चौधरी र समिता गिरीले अभिनय गरेका छन् ।

 

 

 

((०))



ट्रेन्डिङ