कालिकामा न्यायिक समितिको काम प्रभावकारी बन्दै / एकवर्षमा ९८ वटा विवाद मेलमिलाप गराउन सफल

कालिकामा न्यायिक समितिको काम प्रभावकारी बन्दै / एकवर्षमा ९८ वटा विवाद मेलमिलाप गराउन सफल

पिविएम न्यूज
कालिका १९ साउन । कालिका नगरपालिकाको न्यायिक समितिको काम प्रभावकारी बन्दै गएको छ । न्यायिक समितिले आर्थिक वर्ष ७५ ÷०७६ मा ९८ वडा विवादलाई मेलमिलाप गराउन सफल भएको छ ।
न्यायिक समिति संयोजक कमला भट्टराईका अनुसार वडा नं. १ देखि ११ सम्मको ९८ वटा वडास्तरीय विवादलाई मेलमिलाप गराउन सफल भएको हो । सबैभन्दाबढी जग्गा सम्बन्धी विवाद मिलाउन सफल भएको छ । आर्थिक वर्षमा २३ वटा जग्गा सम्बन्धी विवादको निवेदन परेको थियो ।

 

न्यायिक समिति संयोजक कमला भट्टराई

यसैगरी १३ वटा साँध सिमाना सम्बन्धी विवादलाई मेलमिलाप गराउन सफल भएको छ । न्यायिक समितिको अभिलेखमा लेनदेन सम्बन्धी ११ वटा विवाद मिलाउन सफल भएको उल्लेख छ । यस्तै १२ वटा गाली वेइजती सम्बन्धी विवाद मेलमिलपा भएको छ । श्रीमान श्रीमतिको विवाद लिएरपनि नगरबासीहरु न्यायिक समिति पुग्ने गरेका छन् । गत आर्थिक वर्षमा १० वटा यस्ता खालका विवाद मेलमिलाप गराउन सफल भएको छ । आपसी घरायसी विवाद, साधरण कुटपिट सम्बन्धी विवाद, पशु सम्बन्धी विवाद, अंश वडा सम्बन्धी विवाद , अर्काको जग्गामा घर बनाएको सम्बन्धी विवाद गरी ९८ वटा विवादलाई मेलमिलाप गराउन सकिएको न्यायिक समितिले जनाएको छ । सबैभन्दा कम कुलोपानी सम्बन्धि विवादको निवेदन परेको समेत समितिको अभिलेखमा उल्लेख छ । एकवर्षमा एउटामात्रै कुलापानी सम्बन्धी विवादको निवेदन परेको थियो । विवादलाई पनि सहज ढंगवाट मेलमिलाप गराई पठाइएको समितिका संयोजक भट्टराईले जानकारी दिनुभयो ।

समितिले कतिपय विवादलाई अदालत सम्म पठाएको छ । दुवैपक्षलाई राखेर वडास्तरबाटै छलफल गराई मेलमिलाप गराउने प्रयास गरिन्छ । कतिपय विवादहरु वडा स्तरमै मेलमिलाप भएर फर्कीने गरेका छन् । केहि जटिल विवादहरु भने वडाकै सिफारीस बमोजिम नगर स्तरीय समितिका सदस्यहरु बीच छलफल गरेर मेलमिलाप गरेर पठाउने गरिएको छ । न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन प्रत्येक वडामा एकजना सदस्यलाई न्यायिक संयोजकको जिम्मा समेत तोकिएको छ । ((०))



ट्रेन्डिङ