कालिकाकै नमुना सरकारी विद्यालयले चमेना गृह संचालनमा ल्यायो

कालिकाकै नमुना सरकारी विद्यालयले चमेना गृह संचालनमा ल्यायो

कालिका १९ साउन । विद्यार्थीहरुलाई लक्षित गरेर राष्ट्रिय आधारभूत विद्यालय शमीपुरले चमेना गृह संचालनमा ल्याएको छ । चमेना गृहको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले आइतवार उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले सामुदायिक विद्यालयहरुमा नगरकै उत्कृष्ठ विद्यालयको रुपमा विकास भइरहेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
नगर क्षेत्रभित्र रहेका ३६ वटा सामुदायिक विद्यालयहरु मध्ये शमीपुर विद्यालयको व्यवस्थापन उत्कृष्ठ भएकाले आगामी दिनमा पनि नगरले शैक्षिक विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । विद्यालयमा अभाव शिक्षक दरवन्दीलाई मिलान गर्न लगतै नगरले एकजना शिक्षकको दरवन्दी थप गरिने समेत उदघोष गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख श्रेष्ठले विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकहरुको अथक मेहनतले विद्यालयको बेग्लै पहिचान बन्दै गएको बताउनुभयो । प्रत्येक विद्यालयमा हरियाली बगैचा बनाउने नगरपालिकाको योजना अनुसार ५० हजारका दरले बजेट विनियोजन गरिएको उहाँले जानकारी समेत दिनुभयो ।
रमाइलो प्रशंगमा नगर प्रमुख श्रेष्ठले आफुले भन्दा छिटो विद्यालयले कामगर्दै आएको उल्लेख गर्नुभयो । हरियाली बगैचा विद्यालयमा बनाउने नगरपालिकाको योजना अनुृसार विनियोजन गरिएको बजेट बाड्न नपाउँदै विद्यालयमा हारियाली बगैचा निर्माण भइसकेको बताउनुभयो । यस्तै प्रत्येक विद्यालयमा स्टापनर्स राख्ने नगरपालिकाको योजना कार्यान्वयन गर्न नपाउँदै शमीपुर विद्यालयले स्टापनर्स समेत नियुक्त गरिसकेको प्रशंग उल्लेख गर्दैै – “ उहाँले काम गर्नमा आफुलाई समेत विद्यालयले उछिन्ने गरी काम गरेको भन्दै प्रशंसा गर्नुभयो । – “काम गर्नेलाई मैले प्राथमिकता दिने गरेको छु यो विद्यालय नगरपालिकाको प्राथमिकतामा छ ”उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी जिल्ला सदस्य जयचन्द्र प्रसाद चौधरीले निकै मेहनतका कारण शमीपुर विद्यालयको स्वरुप परिवर्तन भएको बताउनुभयो । विद्यालयका अभिभावकहरु सँगै व्यवस्थापन समितिका पदाधिकारीहरुको सक्रियताले विद्यालयले आफ्नो स्वरुप परिवर्तन गर्न सफल भएको बताउनुभयो । शमीपुृर विद्यालय प्रति अभिभाव र विद्यार्थीहरुको आर्कषण समेत बढ्दै गएको कारण विद्यालयको आर्थिक भार घटाउनका लागि आफ्नो पार्टी सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति राजु श्रेष्ठले विद्यालयलाई देशकै नमुना विद्यालय बनाउने योजना रहेको सुनाउनुभयो । विद्यालयका सल्लाहाकार समेत रहनुभएका श्रेष्ठले विद्यार्थीहरुको अभावले मर्जहुने अवस्थामा पुगेको विद्यालयलाई यो उचाई सम्म ल्याउन कम्ती परिश्रम गर्न परेको स्मरण गराउनुभयो । कार्यक्रममा वडा अध्यक्ष लिलावहादुर गुरुङले विद्यालमा देखिएको समस्या र अभावलाई क्रमिक रुपमा सुधार गर्दै लैजाने बताउनुभयो । उत्कृष्ठ विद्यालयकै रुपमा अगाडी बढाउनका लागि आयस्रोत जुटाउने माध्यमको खोजिगर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । विद्यालयकै परिसरमा रहेको मन्दिरलाई व्यवस्थापन गरी सो क्षेत्रमा सटरभाडामा दिने गरी टहरा बनाउन सके विद्यालयको आर्थिक स्रोत जुटाउन सकिने सम्भावनालाई समेत दर्शाउनुभयो । उहाँले यो अभियानमा आफुलाई साथ दिन समेत स्थानीयलाई आग्रह गर्नुभयो ।  कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन ३ नंं. प्रदेशका सचिवालय सदस्य पूर्ण पुरीले कालिका नगर क्षेत्रभित्रका ३६ वटा सामुदायिक विद्यालयहरुमा यो स्कुल नमुना स्कुल देखिएको जानकारी दिनुभयो । कालिका नगरपालिकाले गरेको पछिल्लो अध्ययन अनुगनको क्रममा सबैभन्दा व्यवस्थित विद्यालयको रुपमा शमीपुर विद्यालय देखिएको बताउनुभयो । नगरपालिका अन्गर्तन नगरशिक्षा समितिले नगरक्षेत्र भित्रका सामुदायिक र संस्थागत विद्यालयको अनुगमनमा देखिएको व्यवस्थापनका आधारमा शमीपुर विद्यालय नगर क्षेत्रकै पहिलो नम्बरको स्कुल पर्ने दावी गर्नुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमवहादुर खड्काको अध्यक्षतामा आयोजना गरिएको थियो । कालिका नगरपालिकामा रहेका विद्यालयहरु मध्ये निकै व्यवस्थ्ति विद्यालयको रुपमा यो स्कुल पर्दछ । निजी विद्यालयलाई समेत पछाडी पार्ने गरी व्यवस्थापन गरिएको यो विद्यालयमा चमेना गृह नहुँदा बाटो पार गरेर चोक सम्म खाजा खान जानुपर्ने बाध्यता थियो । कालिका नगरपालिकाको ५ लाख र फेस नेपाल नामको संस्थाको आर्थिक सहयोगमा चमेना गृह निर्माण गरिएको थियो । चमेना गहृ आजैदेखि संचालनमा आएको छ । चमेनागृहमा पाइने खाना, खाजाको मुल्य समेत विद्यालय व्यवस्थापन समितिले निर्धारण गर्नै



ट्रेन्डिङ