कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

काठमाण्डौं १७ साउन । ललितपुरको नख्खु कारागारमा दुई जना कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्तव्य ज्यान मुद्दाका पूर्णबहादुर राजी छन् । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले राजीको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । कारागार प्रशासनका अनुसार राजीलाई केहीवेरअघि कर्तव्य ज्यान मुद्दाकै पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लक प्रहार गरेका थिए ।

लगत्तै, राजीलाई वीर हस्पिटल भर्ना गरिएको थियो भने महतोलाई ललितपुर प्रहरी परिसर, जावलाखेलले नियन्त्रणमा लिएको छ ।



ट्रेन्डिङ