वडा कार्यालयमा कसले लगायो मध्यरातमा आगो – आगजनीको चार तस्विर हेर्नुहोस

वडा कार्यालयमा कसले लगायो मध्यरातमा आगो – आगजनीको चार तस्विर  हेर्नुहोस

पिविएम न्यूज –
चितवन १७ साउन । चितवनको कालिका नगरपालिकाको वडा नं. ३ को कार्यालयमा अज्ञात समुहले गएराती आगजनी गरेका छन् । आगजनीबाट कार्यालयमा रहेका महत्वपूर्ण कागजातहरु जलेर पूर्ण रुपमा नष्ट भएको छ । वडा अध्यक्ष बस्ने कोठाको झ्याल फुटाएर पेट्रोल छर्किर आगजनी गरिएको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ । वडा अध्यक्ष बस्ने कोठामा राखिएको फर्निचर देखि सिसि क्यामेरा, एलइडि टिभी लगायतका सामग्री समेत जलेर नष्ट भएको छ । सचिव बस्ने कोठाको समेत सबै सामग्री जलेर नष्ट भएको छ । कम्प्युटर, प्रिन्टर देखि सचिवको कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजातहरु जलेका छन् । राती साढे २ बजे वडा कार्यालयमा आगो दनदनि बलेको छिमेकीले देखेपछि हो हाल्ला गरेपछि आगो निभाउन स्थानीयहरु जम्मा भएका थिए ।  आगजनी कस्ले र किन गरेको भन्ने बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।
विवादित जग्गामा वडा कार्यालय भएकाले वडा कार्यालयमा भएको महत्वपूर्ण प्रमाण नष्ट गर्न सुनियोजित रुपमा आगजनी गरिएको हुन सक्ने आशंका गरिएको छ । प्रमाण नष्टगर्ने उद्देश्यले आगो लगाएको हुन सक्ने वडा अध्यक्ष टिकाराज रिजालले बताउनुभयो । सार्वजनिक जग्गालाई ९ जना व्यक्तिले सर्वोच्च अदालतवाट आफ्नो नाममा गरेका थिए । नगरपालिका स्थापना पछि कालिका नगरपालिकाले उक्त जग्गा पुन सरकारकै नाममा ल्याउनका लागि सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । अहिले वडा कार्यालय भएको जग्गा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ । यस अघि पनि यो वडा कार्यालयमा राखिएको सिसि क्यामेरा देखि कम्प्युटर चोरी भएको थियो ।



ट्रेन्डिङ