राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत माडीमा झण्डै १५ बिगाहा क्षेत्रफलमा पोखरी निर्माण

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत माडीमा  झण्डै १५ बिगाहा क्षेत्रफलमा पोखरी निर्माण

प्रिति पोखरेल /पिविएम न्यूज –

माडी १६ साउन । माडी नगरपालिका ५ छरछरेमा माछा पालनको लागि पोखरी निर्माण भएको छ । नेपाल सरकारको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्र्तग ३७ लाख लागतको स्टीमेट अनुसार छरछरेमा झण्डै १५ बिगाहा क्षेत्रफलमा पोखरी निर्माण गरीएको माडी नगरपालिका ५ वडाध्यक्ष रामबन्धु पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो “राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्र्तगत माडी नगरपालिकालाई बिनियोजित मध्य ३७ लाखमा पहिलो चरणका पोखरी निर्माण गरेका हौँ” । जमिनको प्रकृति हेरेर पोखरीको योजना ल्याइएको बताउनु हुदैँ अध्यक्ष पोख्रेलले भन्नुभयो “अब नगरपालिकाद्धारा टेण्डर आब्हान गरी माछापालनका निमित्त पोखरी ठेक्कामा दिइने छ” । माछापालनबाट हुने आम्दानी उक्त क्षेत्रको शैक्षिक तथा भौतिक बिकासमा नै लगानी गरीनेछ । खाली रहको जग्गाको सदुपयोगले वडाको बिकास र कृषि प्रर्बद्धन भुमिका खेल्ने र रोजगारीको अबसर समेत मिल्ने भएपछि छरछरेका स्थानीय खुसी रहेको पोखरी निर्माण समितिकी अध्यक्ष सरस्वतीले बताउनुभयो । अघिल्लो आर्थीक बर्षमा चुरे संरक्षण कार्यक्रम अन्र्तगत नगरलाई बिनियोजित ४ करोड ८२ लाख रुपैँयाबाट मगई खोला तटबन्धको लागि २ करोड ५० लाख रुपैयाँ वडाहरुलाई छुट्याईएको थियो । गत आर्थीक बर्षमा मगई खोला जोडीएको तथा जोखिम रहेको माडी नगरपालिका वडा नं १,३,४,५ लाई तटबन्धनका लागि ५०–५० लाख रुपैँया बिनियोजन गरीएको थियो भने माडीका अन्य खोलाहरुमा समेत तटबन्धनका लागि खर्च गरीएको छ ।



ट्रेन्डिङ