बन्दको प्रभाव चितवन सहित देशका मध्य क्षेत्रमा देखिएको छ

बन्दको प्रभाव चितवन सहित देशका मध्य क्षेत्रमा देखिएको छ

चितवन १५ साउन ।

विप्लव नेतृत्वको नेकपाले गरेको मध्य कमाण्ड बन्दको प्रभाव चितवन सहित देशका मध्य क्षेत्रमा देखिएको छ । विहानै देखि राजमार्ग क्षेत्रमा कम सवारी साधन गुडेका छन् । बजार क्षेत्रमा छिटफुट बाहेक खासै ठूला सवारी साधन गुडेका छैनन् । बजार क्षेत्र समेत सुनसान छ । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आर्चायका अनुसार चितवनको पूर्वी क्षेत्र अहिले सम्म शान्त पूर्ण नै छ । उता
अवज्ञा गरेको भन्दै मकवानपुरमा दुईवटा गाडीमा आगजनी गरिएको छ । गएराती मकवानपुरको उत्तरी क्षेत्रमा फाखेलको हुमानेमा बा १४ च ८२३४ नम्बरको कार जलाएका छन् । यसैगरी मकवानपुरको मनहरी ज्यामिरे खरंङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा पनि आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले सिंहले बताउनुभयो । यस्तै बन्दमा आतंक फैलाउने उद्देश्यले हेटौंडा उपमहानगरको विभिन्न ४ स्थानमा शंकास्पद बस्तु फेला परेको छ । बमको आशंकामा सेनाको टोलीले ति शंकास्पद बस्तुहरु डिस्पोज गरिदिएको हो ।



ट्रेन्डिङ