दलित समुदायको विकासका लागि माडी नगरपालिकाको चासो / बिपन्न ८ घरधुरीका लागि घर निर्माण गर्दै

दलित समुदायको विकासका लागि माडी नगरपालिकाको चासो / बिपन्न ८ घरधुरीका लागि घर निर्माण गर्दै

प्रिति पोखरेल /पिविएम न्यूज-

माडी १५ साउन ।
नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरीएको एक दशक बढी भइसकेको छ । नेपाल फरक फरक फुलहरुको एउटै बगौँचा रहेकाले सबै जाती एकै भन्दै २०६३ साल जेष्ठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । समयको परिवर्तनसँगै यस अवधिसम्म विभेदकारी प्रचलनमा तुलनात्मक रुपमा परिर्वतन आएको छ तर पुर्णतया जातीय विभेद अन्त्य भएकोमा विश्वस्त रहन सकिने गरी समनताको स्थिती भने बनिसकेको छैन ।

अझैे पनि भेदभावपुर्ण व्यबहारले जरा गाडेर बसेको भन्दै विभेदको अन्त्यको लागि माडी नगरपालिकाले सहभोज कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस कार्यक्रम अन्र्तगत माडी नगरपालिकालाई व्यबहारिक तबरले नै विभेदमुक्त नगरपालिका बनाउन प्रयास स्वरुप महिनाको अन्तिम साता एक दिन एक दलित बस्तीमा दलित समुदायको परीवारसँग खाना खाने कार्यक्रम गरीने माडी नगरपालिका नगर प्रमुख ठाकुर प्रसाद ढकालले बताउनुभयो । “हाम्रो पुस्तामै जातीय विभेद अन्त्य होस् भन्ने हाम्रो धारणा हो,जनप्रतिनिधी र सामाजिक अगुवाले सँगै खानाखाने क्रम सुरुवात गरीए सिकाई हुन सक्छ” प्रमुख ढकालले भन्नुभयो ।

उहाँले थप्नुभयो “सबै मानव नै हौँ भन्ने धारणा सबैमा हुन्छ तर अरुले के भन्लान् भन्ने मनस्थितीको शिकार बनेका छन् अधिकाश, केही हुदैँन भन्ने हामी प्रमाणीत गर्नेछौँ” । नेतृत्वमा रहेका अगुवा र जनप्रतिनिधीले यस्ता खालका प्रयास गर्नु आवश्यकता भएको ढकालको भनाई छ । नगरपालिका भित्रका प्रत्येक दलित बस्तीमा पुगी खानाखाने यस योजना सामान्य लागे पनि मनन गरिएको खण्डमा उदाहरणीय बन्न सक्ने माडी नगर दलित बिकास समितिका संयोजक दिल बहादुर गायकले बताउनुभयो । दलित तथा अति बिपन्न समुदायको आर्थीक,शैक्षिक र सामाजिक अबस्था उकास्न नगरपालिका समन्वयात्मक रुपमा प्रस्तुत भएको संयोजक गायकले बताउनुभयो ।

नगर दलित बिकास समितिले खरको छाने बिस्थापित कार्यक्रम संचालन गर्दै –

माडी नगरस्तरीय दलित बिकास समितिले दलित समुदायका अति बिपन्न ८ परीवारको घर निर्माण कार्य थालनी गरेको छ । गत आर्थीक बर्षमा नगरबाट समितिलाई बिनियोजीत ५० लाख रुपैँया बजेट मध्य प्रथम चरणमा ७ लाख लागतमा ८ वटा घरहरु निर्माण सुरुवात गरीएको समितिकी सचिब इन्दिरा बिकले जानकारी दिनुभयो ।

चालु आर्थीक बर्षमा नगरबाट बिनियोजीत १ करोड ५८ लाख रुपैँया बजेटबाट थप ५० घरहरुको खरको छानो बिस्थापित गर्ने योजना रहेको बिकले जनाउनुभयो । अहिले माडी नगरपालिका २ अन्र्तगत भैरवपुर र सितलपुरमा १ १ वटा,वडा नं ४ को घोसरीमा ३ वटा यसैगरी वडा नं ७ को दिवानगरमा ३ वटा गरी ८ वटा घरहरु बनाउने काम भइरहेको छ । दलित समुदाय मध्ये अति बिपन्न उनीहरुको सुरक्षित आबास नहुदाँ कष्टकर जीवन यापन गर्नु पर्ने बाध्यता रहेको छ ।

जसोतसो दैनिकि धानिरहे पनि सुरक्षित आबास निर्माण गर्न आर्थीक सक्षमता नभएकाहरुलाई नगर समितिले सघाँउने छ सँगै ४० परीवारलाई शैचालय निर्माणमा आर्थीक सहयोग गरीएको थियो । यता दलित,आदिबासी तथा अति बिपन्नलाई बस्ने मात्र नभएर रोजगारी अबसर सहित जनता आबास कार्यक्रम अन्र्तगत अबको ५ बर्षमा १५ सय घरहरु निर्माण गरी नमुनाबस्तीको रुपमा बिकास गर्ने योजना रहेको नगर प्रमुख ढकालले बताउनुभयो ।

अन्तर जातीय विवाह गर्ने जोडीलाई नगरपालिकाले सम्मानीत गर्ने –

चालु आर्थीक बर्षको लागि प्रस्तावित अन्तर जातीय विवाह गर्ने जोडीलाई सम्मानीत गर्ने योजना नगरसभाबाट पारीत भएको छ । दलित र गैरदलित समुदायका महिलापुरुषबिच विवाह भएको यदाकदा सुन्न र देख्न सकिन्छ । दुई समुदायका सदस्य बिचको विवाहपछि समाजले गर्ने बहिष्कारका कारण अधिकाशंको जीवन कष्टकर रहने गरेको बिचार व्यक्त गर्दै नगर प्रमुख ढकालले उनीहरुलाई गलत सोचलाई चिर्दै अगाडी बढेकोमा नगरपालिकाले सम्मानीत गर्ने जनाउनुभयो ।

बैबाहिक सम्बन्ध गाँसिएका यस्ता जोडीहरुले व्यबसाय संञ्चालन गर्न चाहे नगरपालिकाले १ लाख रुपैँयासम्म अनुदान दिनेछ । अन्तर जातीय विवाह गर्नेहरुलाई पनि सम्बन्ध विच्छेद गरीदिने,अमानविय व्यबहार हुने हुदाँ धेरै असहज हुने गर्दछ । दलित समुदाय माथि भएका उत्पीडन क्रमशःअन्त्य हुँदै जाने आधार छिट्टै निर्माण हुने उहाँले दोहोर्याउनुभयो ।



ट्रेन्डिङ