बाल गायक प्रिन्स सिलवाको सक्रियता बढ्दै / भूकम्पको कथा बोकेको नयाँ म्यूजिक भिडियो ल्याउने तयारी

बाल गायक प्रिन्स सिलवाको सक्रियता बढ्दै / भूकम्पको कथा बोकेको नयाँ म्यूजिक भिडियो ल्याउने तयारी

पिविएम न्यूज-

चितवन १५ साउन । बाल गायक प्रिन्स सिलवालको सक्रियता गीत संगीतमा बढ्दै गएको छ । दशैलाई लक्षित गरेर चंगा उडाउने हो,दशै मनाउने हो गीतवाट बाट गायन यात्रा सूरु गरेका थिए । हुन त स्कुलदेखि अन्य स्टेजहरुमा उनले सानै उमेर देखि गीत गाउँदै आएका थिए । चंगा उडाउने गीत सार्वजनिक भएको दुईवर्षको यो बीचमा उनले राम्रै चर्चा पाएका छन् । यो बीचमा न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ मायाले पनि प्रिन्सलाई थप उचाईमा लैजान सफल भयो । यो गीतको छायांकन चितवनकै सरोफेरोमा गरिएको थियो । प्रिन्सले तेस्रो म्यूजिक भिडियो ल्याउने तयारीमा जुटेका छन् । भूकम्पले सम्पत्ती, जायजेथा मात्रै नभई कयौंको सपना तोडेको विषयलाई यो पटक गीतमार्फत दर्शकमा ल्याउने प्रिन्सको योजना छ । यो गीतमा प्रिन्स आफैले अभिनय गर्दैछन् । प्रिन्सको बुबाको भूमिकामा भने चर्चित कलाकार सरोज खनाल देखिदैछन् । प्रिन्सको यो गीत चितवन, धादिड र काठमाण्डौंको सेरोफेरोमा छायांकन हुँदैछ । चितवनको लामो झरना जलवीरे सँगै सौराहा लगायतका क्षेत्रमा छायांकनको काम धमाधम भइरहेको छ । युवा संगीतकार प्रेम घिमिरेको संगीत रहेको यो गीतमा राजेन्द्र पाण्डेको टिमले छायांकन गर्न लागेका हुन् । छायांकन संगै गीतको निर्देशन पनि राजेन्द्र पाण्डेले नै गरिरहेका छन् ।



ट्रेन्डिङ