मंगलपुरबाट ११ जना जुवाडेलाई पक्राउ

मंगलपुरबाट ११ जना जुवाडेलाई पक्राउ

चितवन १४ साउन । चितवन प्रहरीले भरतपुरको महानगर मंगलपुरबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको अप्रेशन क्लिन अभियान अन्र्तगत विशेष सूचनाको आधभारमा ३ नं। प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी निरिक्षक चरित्र विक्रम कार्की र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक विरेन्द्रराज गरुुङकोे कमाण्डमा खटिएको टोलीले नगद दुई लाख त्रिरानब्बेहजार त्रिन सय पचााँस रुपैयासहित ११ जनालाई पक्राउ गरेको हो ।

११ जना जम्मा भाई एक आपसमा वाजी थापीरथाप्न लगाई जुवा ९कौडा० खेली रहेको अवस्थामा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं। १५ मंगलपुर नमुना दराई टोल स्थित शैलेन्द्र श्रेष्ठको डेराकोठामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एक नारायण कोईरालाले जानकारी दिए ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं। ३ बस्ने वर्ष ४६ को शैलेन्द्र श्रेष्ठ, वडा नं। २० बस्ने वर्ष ३६ को राजु थापा, वडा नं। ४३ को गोविन्द श्रेष्ठ, वडा नं। ४ बस्ने वर्ष ३० को रवि कुमार गुप्ता, वडा नं, १० बस्ने वर्ष ४३ को पदम लामा, वडा नं। १८ बस्ने वर्ष ४० को शालिकराम रेग्मी, वडा नं। १५ बस्ने वर्ष ४० को विर बहादुर लामा, राप्ती नगरपालिका वडा नं।४ बस्ने वर्ष ६७ को कृष्ण प्रसाद तिमिल्सिना राप्ती वडा नं।५ बस्ने वर्ष २५ को मन्दिप धरेल, रत्ननगर नगरपालिका वडा नं।१३ बस्ने वर्ष ४० को कुमार गुरुङ र नवलपरासी गैडाकोट नगरपालिका वडा नं। १ बस्ने वर्ष ४८ को मनिलाल गौतम रहेको उनले एक विज्ञप्ती मार्फत जानकारी गराए ।

साथै प्रहरीले शैलेन्द्र श्रेष्ठको डेराकोठाबाट जुवा ९कौडा० खेल्ने कार्यमा प्रयोग गरेको मोबाईल २ थान, गलैचा १ थान, काठको चौकोस १ थान, कौडा ३१ थान र नगद दुई लाख त्रिरानब्बे हजार तिन सय पचाँस रुपैया समेत बरामद गरेको थियो ।
पक्राउ परेका सबैलाई जुवा ऐन अन्र्तगत मुद्दा चलाउने बारेमा अनुसन्धान भईरहेको छ ।



ट्रेन्डिङ