पत्नी सीता संगै प्रचण्ड लागे यूएइ तर्फ

पत्नी सीता संगै प्रचण्ड लागे यूएइ तर्फ

काठमाण्डौं १४ साउन । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) बीच पार्टी एकताको विषयमा बहस भइरहदा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्स ( युएई ) प्रस्थान गरेका छन् । नेकपा अध्यक्ष प्रचण्ड मंगलबार बिहान पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन् । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यो भ्रमण तय गरिएको पारिवारिक स्रोतले जनाएको छ । ५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको बताइएको छ । नेकपा अध्यक्ष प्रचण्डले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराएका थिए ।



ट्रेन्डिङ