रत्ननगर क्षेत्रका सुकुम्वासी महिलाहरु सीप सिकेर आत्मनिर्भर बन्ने अभियानमा

रत्ननगर क्षेत्रका सुकुम्वासी महिलाहरु सीप सिकेर आत्मनिर्भर बन्ने अभियानमा

रत्ननगर १४ साउन । रत्ननगर क्षेत्रका सुकुम्वासी महिलाहरु सीप सिकेर आत्मनिर्भर बन्ने अभियानमा जुटेका छन् । सुकुम्वासी समुदायलाई लक्षित गरेर रत्ननगरमा स्थापना भएको आकृती महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको सीपकला प्रर्दशनीमा सीप सिकेका महिलाहरुले आआफुले बनाएका सामग्री सहित प्रर्दशनी कार्यक्रममा सहभागीता जनाए । सहकारीका सदस्यहरुबीच नै हस्तकला र सीपकला प्रर्दशनी गरिएको थियो ।
रत्ननगर नगरपालिका र लुमन्ति आवासको लागि सहयोग समुहको सहयोगमा आयोजना गरिएको कार्यक्रममा विपन्न समुदायका महिलाहरुले तयार गरेका विभिन्न सामग्रीहरु प्रदर्शन गरिएकको थियो । आर्थिक अवस्थाका कारण पिछडिएर बस्नुपरेका महिलाहरु आफैले विभिन्न संघसंस्थाहरुको सहयोगमा प्राप्त गरेका तालिमहरुको सहयोगले समुदायमै बसेर गरिरहेका विभिन्न आयआर्जनका कामहरुको प्रस्तुति गरिएको थियो ।
रत्ननगर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष बिर बहादुर पाख्रीन प्रमुख अतिथि रहनुभएको कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यपालिका सदस्य निर्मला खड्का, लुमन्तिका संयोजक सिंह लामा, नेपाल बसोबास बस्ती संरक्षण समाजका अध्यक्ष दिल ब लामा, विपन्न समुदाय ब्यवस्थापन मन्चका अध्यक्ष फुलमान तामाङ्ग र रत्ननगर समृद्धि बाल क्लबका अध्यक्ष गणेश श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहकारीका विभिन्न समुहका १५ वटा स्टलहरुमा विभिन्न सामग्रीहरु प्रदर्शन गरिएको थियो ।घरेलु स्तरमा तयार पारिएकाकपडाहरु, खेलौना, कुसन, थैली, कृष्टलका गहनाहरु, उनका कपडाहरु उक्त स्टलहरुमा प्रदर्शन गरिएो थियो ।
विपन्न समुदायका महिलाहरु चुलो र चौकामा मात्र सिमित नरही घरको आर्थिक स्तर उकास्नमा सफल छन् भन्ने उदाहरण सो कार्यक्रमले प्रस्तुत गरेको थियो ।



ट्रेन्डिङ