जुवा खेल्दै गरेका दश जनालाई गैडाकोटवाट पक्राउ

जुवा खेल्दै गरेका दश जनालाई गैडाकोटवाट पक्राउ

गैडाकोट १३ साउन । नवलपरासीकाे गैंडाकोट नगरपालिका –५, बाट जुवा खेल्दै गरेका दश जनालाई प्रहरीले पक्राउ गरेको छ । गैंडाकोट –५, बैकुण्ठ टोलमा रहेकाे चुडामणी पौडेलको घरमा जुवा खेलीरहेका दश जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो ।

प्रहरीले गैंडाकोट घर भएका ३५ वर्षीय लक्ष्मिकान्त पौडेल, ५० वर्षीय चुडामणी पौडेल, ३८ वर्षका लोकनाथ शर्मा, २६ वर्षका शालिकराम पौडेललाई पक्राउ गरेकाे हाे । यस्तै ४३ वर्षीय देबेन्द्र चालिसे, ३० वर्षीय हरिप्रसाद तिवारी, ४२ वर्षीय शिवहरि ढकाल, बाग्लुङ्ग घर भएका ४३ वर्षीय केशव सुवेदी, ४९ वर्षीय डोलराज शर्मा र ५८ वर्षीय गोकर्ण आचार्य पक्राउ परेका छन् । प्रहरीले जुवाको खालबाट ८० हजार ९ सय ३५ रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका सबैजनालाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखिएको छ । उनीहरु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १ सय २५ अनुसार जुवा सम्बन्धी मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाइने प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।

जस अनुसार पहिलो पटक जुवा खेल्नेलाई तीन महिना कैद वा तीस हजार रुपैयाँ जरिवाना र दोश्रो पटक खेल्नेलाई एक वर्ष कैद वा पचास हजार रुपैयाँ जरिवाना हुन सक्ने प्रावधान छ ।



ट्रेन्डिङ