समाजवाटै बहिस्कृत भएका परिवारलाई भेट्न गएका युवाहरुले मन छुने स्टाट्स लेखेर फर्किए

समाजवाटै बहिस्कृत भएका परिवारलाई भेट्न गएका युवाहरुले मन छुने स्टाट्स लेखेर फर्किए

पदमपुर १२ साउन । छोराले दलित केटीसँग भागेर विवाह गरेका कारण समाजबाट बहिस्कारमा परेका प्रेम प्रसाद पौडेल न्यायको प्रतिक्षामा छन् । उनका परिवार समाजवाट अपहेलित हुनुपरेको छ । प्रेम प्रसाद पौडेलका धर्मपत्नी चण्डीका पौडेलले समाजले आफ्नो परिवारमाथी विभेद गरेको गुनासो गरिन् ।
जातिय छुवाछुतलाई नेपालको कानुनले अपराध मान्दछ । अहिलेको समय पढेलेखेका वर्गहरुको समय हो । यो बेला जातिय छुवाछुत र जातिय विभेदलाई जरैवाट फाल्नुपर्छ भन्ने मानसिकतामा आजका युवाहरु अगाडी आइरहेका छन् । यस्तो अवस्थामा पनि पौडेल परिवार समाजवाटै बहिस्कृत हुनु निकै लज्जास्पद विषय बनेको छ । स्थानीयले मात्रै नभइ पण्डीतले समेत आफुहरु माथी अन्याय गरेको पौडेल परिवारको दुखेसो छ । पछिल्लो पटक पिविएम न्यूज डटकमले यो समाचार सार्वजनिक गरेपछि समाज परिवर्तनका लागि पाइला जाल्दै गरेका युवाहरु पौडेल परिवारलाई भेट्न कालिका नगरपालिकाको वडा नं. ५ को बाटो नं. ३ स्थित पौडेलको घर पुगें । पौडेल परिवार सँग केहि समय विताएपछि मनछुने स्टाट्स फेसबुकमा लेखे र फर्किए ।



ट्रेन्डिङ