थारु भाषामा गीत सँगीत निर्माण हुने क्रम बढ्दै / करण चौधरीको पूर्वीया थारु गीत फेसबुक सार्वजनिक -भिडियोको लिंक सहित

थारु भाषामा गीत सँगीत निर्माण हुने क्रम बढ्दै / करण चौधरीको पूर्वीया थारु गीत फेसबुक सार्वजनिक -भिडियोको लिंक सहित

आरएन चौधरी थारु/ विपिएम न्यूज 
सुनसरी १२ साउन । . केही समय यता भाषाभाषीका गीतहरु निर्माण हुने क्रममा थारु भाषाका गीतहरु अग्रस्थानमा छन् । पूर्व देखि पश्चिम सम्मका थारुहरुले आआफ्नो मातृभाषामा गीत संगीतलाई स्थापित गर्न लागिपरेका छन् । म्यूजिक भिडियोहरु पनि उतिकै निर्माण भइरहेका छन् । अहिले सार्वजनिक भइरहेका गीत संगीतले धेरै कलाकारहरुलाई स्थापित समेत गराईरहेको छ । यस्ले कलाकारहरुमा उत्साह पनि थपिदै गएको छ । दर्शक स्रोताले पनि थारु भाषाका गीत सँगीतमा विविधता र पृथकता पाउन थालेका छन् । यसरी मातृभाषा हुँदै अन्य भाषाका गीत सँगीतमा पनि थारु कलाकारहरु स्थापित हुन सम्भावना बढ्दै छ ।
प्रायजसो पच्छिम तराईमा बसोबास गर्ने थारु समुदाय कलाकार,मोडल,गायक,गायिकाहरु त लगातार एकपछि अर्को म्युजिक भिडियो निकाल्दै युट्युबमा सार्वजनिक गर्दै आइरहेका छन् । गीतसँगीतमा पश्चिम क्षेत्रका थारुहरु अगाडी भएपनि पूर्वी तराईमा बसोबास गर्ने कलाकारहरुले पनि आफ्नो भाषालाई माया गर्न थालेका छन् । पुर्वी तराईमा बसोबास गर्ने चकलेटी अनुहारका कारण प्रख्यात गायक, मोडल करण चौधरीले समेत पुर्बिया थारु भाषाको गीत ल्याएका छन् । उनले आफ्नै अफिसियल युबट्युव च्यानल मार्फत गीत सार्वजनिक गरेका हुन ।
एकपछि अर्को म्युजिक भिडियो प्रदर्शनकै क्रममा करणले अहिलेको बिश्व चर्चित समाजिक संजाल फेसबुककै नामबाट फेसबुक नामक डान्सबिटको भिडियो युट्युबमा सार्वजनिक गरेका छ्न । तोर बिना ूनामक एल्बममा समाबेश गरिएको उक्त गीतमा करण संगै गायिका निकिता मण्डल थारुले आवाज दिएकी छ्न भने रेन चौधरीको शब्द संगीत रहेको छ । जय चौधरीले निर्देशन,सुरज क्ष्रेष्ठले ब्यवस्थापन गरेको भिडियोमा जय,लक्ष्मी,सरस्वती चौधरी लगायतको कलाकारले अभिनय गरेका छन् ।

https://youtu.be/_V492IHVmJ0



ट्रेन्डिङ