प्रेमिकाको हत्या गरी फरार भएका प्रेमी बाह्रवर्षपछि पक्राउ

प्रेमिकाको हत्या गरी फरार भएका प्रेमी बाह्रवर्षपछि पक्राउ

काठमाडौं, १२ साउन । प्रेमिकाको कोठामै गएर हत्या गरेर फरार रहेका एक युवकलाई केन्द्रिय अनुसन्धान व्यूरो ( सीआइबी) को टोलीले लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ । उनलाई सीआइबी महाराजगञ्जको टोलीले प्रेमिकाको हत्या गरेर फरार भएको साढे १२ वर्षपछि पक्राउ गरेको हो । काभ्रेको रोशी गाउँपालिका–३ घर भई ललितपुर–२ बस्ने सानु र राजु उपनामले चिनिने राजेश लामालाई सीआईबीको टोलीले शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
लामाले ०६४ पुस २७ गते मकवानपुर फापरबारी घर भइ ललितपुरको इमाडोल बस्ने तारा भनिने सुनिता लामाको उनकै कोठमा हत्या गरी फरार भएका थिए । मंसिर २८ गते बिहे गर्ने सल्लाह भएको तर १७ गतेदेखि नै सुनिता सम्पर्कमा नआएपछि भएको बिवादमा लामाले सुनिताको हत्या गरेको प्रहरीले बताएको छ । पक्राउ परेका लामालाई ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी ज्यानसम्बन्धी मुद्दामा महानगरीय प्रहरी परिसर ललितपुरले थप अनुसन्धान गरिरहेको छ ।



ट्रेन्डिङ