बस र ट्रक ठक्कर खाँदा एकजनाको मृत्यु

बस र ट्रक ठक्कर खाँदा एकजनाको मृत्यु

चितवन १२ साउन । इच्छाकामाना गाउँपालिका–४ फिस्लिङ अन्तर्गत पृथ्वीराजमार्गमा आइतबार बिहान बस र ट्रक ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा बसमा रहेका २८ जना यात्रु घाइते छन् । जस मध्य तीनजनाको अवस्था मध्यम र अरुको सामान्य रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बिहान पौने पाँच बजे उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार गौरबाट भैंसी लिएर काठमाडौं जाँदै गरेको ना ७ ख २५६१ नम्बरको ट्रक र काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४८१९ नम्बरको बस ठोक्किएका हुन् ।
दुर्घटनामा गम्भीर घाइते एकजना पुरुषको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए । मृतकको नाम ठेगना खुल्न सकेको छैन । अन्य घाइतेको भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।



ट्रेन्डिङ