नेपाल अण्डा उत्पादक संघको केन्द्रीय अध्यक्षमा फेरिपनि शिवराम केसी निर्वाचित

नेपाल अण्डा उत्पादक संघको केन्द्रीय अध्यक्षमा फेरिपनि शिवराम केसी निर्वाचित

रत्ननगर १२ साउन । नेपाल अण्डा उत्पादक संघको केन्द्रीय अध्यक्षमा पुन ः शिवराम केसी निर्वाचित भएका छन् । यसअघि दुई पटक अध्यक्ष भईसकेका केसीले रघुनाथ भट्टलाई भारी मतान्तरले पराजित गर्दै तेश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । आज बिहान सम्पन्न भएको अन्तिम मतपरिणाम अनुसार केसीले भट्टलाई २ सय १४ मतले पराजित गरेका हुन् । केसीले ३ सय ९७ मत पाउँदा भट्टले १ सय ८३ मत मात्र प्राप्त गरेका थिए । निर्वाचनमा कुल ५ सय ९० मत खसेकोमा ३ मत बदर भएको थियो । केसी र भट्टले छुट्टाछुट्टै समूह बनाएर निर्वाचनमा होमिएका थिए । ६ सदस्यका लागि १२ जनाको उम्मेदवारी थियो । यस्तै अन्य सदस्यहरुमा किरण भुषण ओलीले ३ सय ८८, प्रविण केसीले ३ सय ७, विनोद अधिकारीले ३ सय १७, भरत कार्कीले ३ सय १०, राजकुमार श्रेष्ठले ३ सय ५९ र ललितबहादुर जिसिले २ सय ६६ मत पाई विजयी भएका छन् ।



ट्रेन्डिङ