गुडिरहेको गाडीमा पहिरो खस्दा २ जनाको मृत्यु, सुमोगाडी पहिरोमा पुरियो

गुडिरहेको गाडीमा पहिरो खस्दा २ जनाको मृत्यु, सुमोगाडी पहिरोमा पुरियो

काठमाण्डौं ११ साउन । रसुवामा डाँडाबाट सडकमा खसेको ढुंगे पहिरोमा परेर एक सुमो गाडी क्षतिग्रस्त भएको छ । घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । ८ मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक भागेन्द्र पुरुष ढकालले जानकारी दिनुभयो । गोसाइकुण्ड गाउँपालिका २, तातोपानी डाँडाबाट खसेको पहिरोमा परेर काठमाडौंदेखि जाँदै गरेको ना १ ज ७८२४ नम्बरको गाडी पुरिएको हो । प्रहरीले घाइतेहरुको उद्धार गरेर स्थानीय टिमुरेस्थित स्वास्थ्य चौकीमा उपचार गराइरहेको छ । घटनामा ज्यान गुमाएहरुको सनाखत भएको छैन । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।



ट्रेन्डिङ