नारायणी नदीमा हामफालेर वेपत्ता भएकी सम्झनाको खोजी कार्य जारी

नारायणी नदीमा हामफालेर वेपत्ता भएकी सम्झनाको खोजी कार्य जारी

नारायणगढ ११ साउन । देवघाटस्थित नारायणी नदीमा एक युवती आज दिउँसो हामफालेर बेपत्ता भएकी छन् ।भरतपुर महानगरपालिकाको वडा नं. ८ सल्लेनी बस्ने २० वर्षकी सम्झना गुरुङ नदीमा हाम फाली बेपत्ता भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । वेपत्ता भएकी गुरुङको खोजी कार्य भइरहेपनि यो समाचार तयार पार्दा सम्म फेला पर्न नसकेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा नारायणी नदीमा हाम फाल्ने क्रम बढ्दै गएको छ ।



ट्रेन्डिङ