पदमपुरका समाजले पचाउन सकेनन् अन्तरजातिय विवाह, पौडेल परिवारलाई सहानुभुती दिन सम्म कोहि पुगेनन् ( भिडियो सहित )

पदमपुरका समाजले पचाउन सकेनन् अन्तरजातिय विवाह, पौडेल परिवारलाई सहानुभुती दिन सम्म कोहि पुगेनन् ( भिडियो सहित )

पदमपुर ७ साउन । कालिका नगरपालिकाको वडा नं ५ पदमपुर स्थित वाटो नं. ३ मा सानो जस्तापाताले छाएको पुरानो शैलीको एउटा घर छ । त्यो घरमा प्रेम प्रसाद पौडेलका परिवारहरु बस्दै आएका छन् । सांघुरो ठाउँमा आमासँगै बस्दै आएका पौडेल परिवारलाई स्थानीय समाजले बहिस्कार गरेका छन् । उनीहरुको घरमा समाजका कुनै पनि सदस्यहरुको उठवैश छैन । प्रेम प्रसाद पौडेलका ३ वटा छोरा छन् । जेठो छोराले दलित परिवारकी चेली बोकेर भागेपछि यो घर परिवार समाजवाट बहिस्कृत भएका हुन । १५ वर्षको ग्यापपछि प्रेम प्रसादको कान्छो छोरो जन्मिए । उनको पनि एकवर्ष पुरा भयो । अहिले सम्म न्वारन भएको छैन । एकवर्षदेखि स्वर्गीय बुबाको पनि श्राद्ध भएको छैन । गाउँघरमा हुने विवाह, भोजभतेर वा कुनै उत्सवहरुमा यो परिवारलाई निम्तो आउन छाडेको छ । पुजा आजादेखि नाग टास्न आउने पँण्डितपनि आउन छाडेको गुनासो प्रेमप्रसाद पौडेलकी धर्मपत्नी चण्डीका पौडेलको छ । समाजले बहिस्कार गरेको दिनदेखि न कुनै राजनीतिक दलका नेता कार्यकर्ता परिवारलाई सहानुभुती दिन पुगेका छन् । न कुनै समाजिक अभियन्ताहरु नै पुगें । थोरै पैसा संकलन भयो भने देवघाटमा गएर छोराको न्वारन सँगै स्वर्गीय बुबाको श्राद्ध गरेर फर्किन्छु मसिनो स्वरमा चण्डीकाले भनिन । देवघाटमा नित्यकर्म गर्न सकिएपनि भोली पर्सिका दिनमा कसरी अगाडी बढ्ने भन्ने चिन्ताले भनै सताउन छाडेको छैन । पौडेलका जेठा छोरा दलितकी चेली लिएर भागेपछि भरतपुरमा डेरा गरी बस्दै आएका छन् ।



ट्रेन्डिङ