कयर खोलामा नुहाउने क्रममा बगेर एक बालकको मृत्यु

कयर खोलामा नुहाउने क्रममा बगेर एक बालकको मृत्यु

कालिका १० साउन । कालिका नगरपालिकाको वडा नं. ९ स्थित कयर खोलामा नुहाउने क्रममा एकजना बालकको मृत्युभएको छ । आमासँग कयरखोला पुगेका अन्दाजी ५ / ६ वर्षका विकास चेपाङलाई नुहाउने क्रममा खोलाले बगाएर मृत्युभएको हो । उनको शव कालिको वडा नं. ८ मा फेला परेको प्रहरीले जनाएको छ । मृतक बालका परिवार कालिका नगरपालिकाको वडा नं. १० घर भइ कालिका नगरपालिकाको वडा नं. ९ मा डेरी गरी बस्दै आएका थिए । कयरखोलामा लुगा धुन गएका आमासँगै विकास खोला पुगेका थिए । घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।



ट्रेन्डिङ