टाँडी बजारलाई हरियाली बनाउन डिभाइडरमा बृक्षारोपण

टाँडी बजारलाई हरियाली बनाउन डिभाइडरमा बृक्षारोपण

रत्ननगर ०९ साउन । रत्ननगरको टाँडी बजारलाई हरियाली बनाउन राजमार्गमा रहेको डिभाइडरमा विहीवार बृक्षारोपण गरिएको छ । तराई भू परिधि कार्यक्रम(ताल)को सहयोगमा रत्ननगर नगरपालिकाले बृक्षारोपण गरेको हो । प्रदेश सभा साँसद कृष्ण प्रसाद खनाल र मेयर नारायण वनले कटहरको विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अबसरमा सभा साँसद कृष्णप्रसाद खनालले बजार क्षेत्रका रोपिने विरुवा प्रदुर्षण न्यूनीकरणमा सहयोग मिल्ने भन्दै उनले बजारबासीले रोपेका विरुवाको संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा मेयर नारायण वनले रत्ननगरलाई हरियाली सहरको रुपमा विकास गर्ने योजना अनुरुप राजमार्गको डिभाइडरमा बृक्षारोपण गरिएको बताए । हामी रत्ननगरलाई हरियाली सहरको रुपका विकास गर्ने योजनामा छौं मेयर वनले भने त्यसका लागि एक व्यक्ति एक विरुवाको अभियान सञ्चालन गर्दै छौं । उनले हरियाली बनाउन उत्कृष्ट काम गर्ने वडाहरुलाई नगद सहित पुरस्कृत गर्ने निर्णय समेत भएको बताए । तराई भू परिधि कार्यक्रमका आयोजना प्रमुख कमलराज राईले सरकारले बृक्षारोपणलाई प्रथमिकता दिएको भन्दै वातावरण संरक्षणको लागि पनि बृक्षारोपण गर्नुपर्ने बताए । निपनीचोक देखि तरकारी मण्डी सम्म रहेको डिभाइडरमा कटहर,इपिल,गोलमोल लगायतका ४०० विरुवा रोपिएको रत्ननगरका प्रबक्ता राजेन्द्र हमालले जानकारी दिए । कार्यक्रममा वडा नं ११ का वडाध्यक्ष शशिभक्त न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल,तालका रामप्रित यादव सहित वडाध्यक्ष,कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको सहभागिता रहेको थियो ।



ट्रेन्डिङ