पूर्र्वी चितवनमा लायन्स क्लबको संयुक्त चार्टर नाइट तथा पदस्थापन कार्यक्रम

पूर्र्वी चितवनमा लायन्स क्लबको संयुक्त चार्टर नाइट तथा पदस्थापन कार्यक्रम

चितवन ९ साउन । पूर्वी चितवनको रत्ननगरमा रहेकोे लायन्स क्लब अफ रत्ननगर मिड नेपाल, रत्ननगर पिस र लियो क्लब अफ रत्ननगर मिड नेपालको एक कार्यक्रमका बीच संयुक्त चार्टर नाइट तथा पदस्थापन कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमको पहिलो सत्रको अध्यक्षता लायन्स क्लब अफ रत्ननगर मिड नेपालका बर्ष २०१८र१९ का अध्यक्ष पुष्पराज जोशी र रत्ननगर पिसका अध्यक्ष अनिल पाठकको अध्यक्षतामा भएको थियो । त्यस्तै दोश्रो सत्रको अध्यक्षता लायन्स क्लब अफ रत्ननगर मिड नेपालका बर्ष २०१९र२० का अध्यक्ष प्रकाश शर्मा र रत्ननगर पिसका अध्यक्ष रमेश नेपालले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल ३२५बि२ का डिष्टिक गभर्नर अनुपकुमार पहारी, पुर्ब गभर्नर प्रभातकुमार जोशी, एरिया चिफ प्रकाशचन्द्र भट्टराई, लियो क्लब अफ रत्ननगर मिड नेपाल बर्ष २०१८र१९ का अध्यक्ष आशिष् शर्मा, बर्ष १९र२० का अध्यक्ष सिर्जना पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
लायन्स क्लब अफ रत्ननगर मिड नेपालका संस्थापक अध्यक्ष सुरेशचन्द्र आचार्यले स्वागत मन्तव्य र लायन्स क्लब ईन्टरनेशनल ३२५बि२ का रिजन चियरपर्सन कृष्णलाल श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए । सो अबसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने क्लबका सदस्य हरुलाई सम्मान समेत गरिएको थियो ।

 

 



ट्रेन्डिङ