तारापुञ्ज सहकारीको सेवा केन्द्र शोसी बजारमा, मन्त्री लामा द्धारा उदघाटन

तारापुञ्ज सहकारीको सेवा केन्द्र शोसी बजारमा, मन्त्री लामा द्धारा उदघाटन

लक्ष्मण गौतम / विपिएम न्यूज –
भरतपुर , ७ साउन
चितवनको भरतपुर स्थित हाकिमचोकमा रहेको तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पहिलो शाखा कार्यालयको रुपमा शुक्रनगरमा सेबा केन्द्र बिस्तार गरेको छ । सहकारी संस्थाले भरतपुर महानगरपालिकाको वडा नं २५ शुक्रनगर स्थित शोशी बजारमा सेबा केन्द्र बिस्तार गरेको हो । सेबा केन्द्रको आज एक कार्यक्रमका बीच प्रर्देश नं ३ सरकारका भूमि ब्यबस्था कृषि तथा सहकारी बिकास मन्त्री दाबा दोर्जे लामाले उदघाटन गर्नु भयो । उदघाटन कार्यक्रममा बोल्दै मन्त्री लामाले स्थानीय स्तरमा काम गरिरहेका सहकारीहरुले स्थनीयबासीहरुको जिबनस्तर उकास्ने खालका योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । मन्त्री लामाले कृषि क्षेत्रलाई फराकिलो बनाउँदै आय आर्जनका लागि टेवा पुर्याउने खालका कार्यक्रम सहकारीले ल्याउनुपर्ने बताउनुभयो ।

 
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री लामाले देशको अर्थतन्त्रमा सहकारी संस्थाले पु¥याएको योगदानको प्रशंसा गर्र्दैे सहकारी संस्थाहरु बिपन्न र गरिबहरुको सहयोगी संस्थाका रुपमा अगाडी बढनु पर्ने तर्क गर्नुभयो ।
कार्यक्रममा प्रर्देश सांसद कृष्ण भुर्तेलले बित्तिय क्षेत्रको सुधारका लागि सहकारी संस्थाहरु एकआपसमा गाभिएर जान आबश्यक भएको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि समेत रहनुभएका सांसद भुर्तेलले सानो पुँजी लाई घर दैलोमा पु¥याएर सेबा दिनु पर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका बार्ड नं २५ का वडा अध्यक्ष बिजय भुजेलले बित्तिय संस्थाको अभाब वडामा टर्दै जाने विश्वास व्यक्त गर्नुभयो । सेबा केन्द्र स्थानीयहरुको दुःखको सारथी बनेर आउनुपर्ने समेत उहाँको भनाई थियो । कार्यक्रममा संस्थाका सल्लाकार संयोजक हरिप्रसाद गैरे, सामाजिक अगुबा केशब देबकोटा, जिल्ला बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष हरिषचन्द्र सुबेदी, प्रभात माबिका प्रधानध्यापक होमनाथ भण्डारी लगायतले शुभकामना दिनु भएको थियो । सहकारी संस्थामा पश्चिम चितबन क्षेत्र बाट मात्रै २ सय शेयर सदस्य रहेका छन्् । जिल्लाभर संस्थामा १ हजार २ सय शेयर सदस्य रहेको सहाकारी संस्थाका व्यवस्थापक कृष्ण शर्मा वस्तीले जानकारी दिनुभयो । सहकारीको करिब ३५ करोड पुँजी रहेको छ । संस्थाका सहसचिब चन्द्रकला लामीछानेले स्बागत र सचिब रेगन पन्तले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रमको सहकारीका अध्यक्ष सुदीप रेग्मीको अध्यक्षतामा आयोजना गरिएको थियो । सेबा केन्द्र उदघाटन कार्यक्रम पश्चाल संचालनमा आएको छ ।



ट्रेन्डिङ