आजदेखि क्रिकेट रंगशाला निर्माणको काम सुरु

आजदेखि क्रिकेट रंगशाला निर्माणको काम सुरु

चितवन, ७ साउन । भरतपुर महानगरपालिका वडा नम्वर १५ मा निर्माणाधिन गौतमबुद्ध अन्तराष्टिय क्रिकेट रंगशालामा असुरक्षाको कारण जनाँउदै रोकिएको कार्य आजबाट शुरु भएको छ ।
निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस आफै मैदानमा खटिएर आजबाट काम शुरु गरेका छन् । धुर्मसले बेल्चा, गल र रड बोकेर मैदानमा उत्रिएर रंगशाला निर्माणको काम अघि बढाएको सन्देश दिए । रंगशाला निर्माणका मजदुरहरु पनि आजैबाट काममा खटिएका छन् । गत जेठ १५ गते स्थानीय केही ब्यक्तीहरुले रंगशालाको बार डोजर लगाएर भत्काएपछि असुरक्षाको कारण देखाउँदै धुर्मुस–सुन्तली फाउन्डेसनले अनिश्तिकालका लागि भन्दै काम रोकेको थियो । बन्द रहेको फाउण्डेशनको साइट कार्यालय पनि आजै खोलिएको छ । निर्माणस्थलमा धुर्मुसलाई हौसला प्रदान गर्न प्रदेश साँसद बिजय सुवेदी पनि पुगेका थिए ।
रंगशाला निर्माणस्थलको सुरक्षाका लागि प्रहरी नायव निरीक्षक नारायण श्रेष्ठको नेतृत्वमा ६ जना प्रहरीलाई परिचालन गरिएको छ ।



ट्रेन्डिङ