भरतपुरको सिजी कम्प्लेक्समा पपुलर सैलुनको दोस्रो शाखा

भरतपुरको सिजी कम्प्लेक्समा पपुलर सैलुनको दोस्रो शाखा

चितवन,६ साउन । भरतपुरमा रहेको सिजी कम्प्लेक्सको तेस्रो तल्लामा पपुलर युनिसेक्स सैलुनको दोस्रो शाखा सुभारम्भ भएको छ । चौबिसकोठीको सफलतापछि सिजी मलमा दोस्रो शाखा सञ्चालन गरिएको हो । सैलुनको राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले सुभारम्भ गरेका हुन् ।

कार्यक्रममा उपाध्यक्ष ढुंगेलले हरेक युवाहरु स्वरोजगार बन्नुपर्ने बताए । उनले सैलुन पेसाबाट मात्रै वार्षिक करोडौं रुपैँया विदेशिएको भन्दै हरेकमा उद्यमशिलताको जागरण आउनुपर्ने विचार राखे । विदेशीने पैसालाई स्वदेशमा नै परिचालन गर्नका लागि युवाहरुमा शिपको विकास गरि आत्मनिर्भर हुने बाटोमा लाग्नु आवश्यक रहेको उनको भनाइ छ ।

‘हामीले जहाँ जुन अवस्थाबाट पैसा कमाए पनि सबै विदेश पठाएका छौ’ं, उनले भने’,सानो कामबाट झन अरबौं रुपैँया बाहिर गएको छ ।’ नेपालमा पछिल्लो समय सैलुन व्यवसायमा नेपाली युवाहरुको उत्साह बढेको उनले बताए । उपाध्यक्ष ढुंगेलले देशमा राजनीतिक परिवर्तन भएकाले आर्थिक परिवर्तनको आवश्यकता रहेको बताए । ‘कुनै समय हामीले नै क्याम्पसको गेटमा टायर बालेका हौ’,उनले भने ’,त्यो त्यतिवेलाको आवश्यकता थियो । अबको आवश्यकता समृद्धि हो ।’ समृद्धिको यात्रामा ठूलो संक्रमणकालको अवस्था रहेको भन्दै उनले सरकारले अत्याचार र व्यतिथि विरुद्ध काम गरिरहेको बताए । ‘सरकारले आब्हान र मिसन दिने हो ,जागरण हामी आफैबाट सुरु गर्नुपर्छ’, उनले भने ।

कार्यक्रममा नेकपाका नेता देवी ज्ञवालीले भारतबाट आएका भैयाले मात्र कपाल काट्छ भन्ने मानसिकता अन्त्य हुँदै गएको बताए । उनले युवाहरुको सक्रियतामा नेपालमा परिवर्तनका काम देखिन थालेको बताए । साना काममा सबैभन्दा धेरै पैसा भएको भन्दै त्यसमा ध्यान दिन युवाहरुलाई उनले आग्रह गरे । यस्तै भरतपुर महानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले काम गर्ने बानीको विकास गर्नुपर्ने बताए । उनले काम सानो ठूलो नहुने भन्दै समाज परिवर्तनका लागि जस्तोसुकै काम गर्नपनि तयार हुनुपर्ने धारणा राखे । मेहनत गरे हरेक कुरामा सफल भइन्छ भन्ने उदाहरण पपुलर सैलुनका युवाहरुले देखाएको बताए ।

सैलुन सञ्चालनका लागि करिब २५ लाख लगानी गरेको सञ्चालक सुलभ सिग्देलले जानकारी दिए । उनले सैलुनमा जेन्स तथा लेडिजका सम्पूर्ण पार्लर सम्बन्धी कामहरु हुने बताए । अहिले सम्म २०० बढी युवाहरुलाई तालिम दिएको बताउँदै उनले तालिम सिकेका युवाहरुले चितवनमा मात्रै आठ स्थानमा सैलुन व्यवसाय सञ्चालन गरेको जानकारी दिए । कार्यक्रममा तरापुन्ज सहकारी संस्थाका अध्यक्ष सुदिप रेग्मी, काया व्युटी सैलुन एण्ड एकेडेमीकी सञ्चालक सीता कँडेल सापकोटा, अनेरास्ववियूका केन्द्रीय सदस्य प्रकाश भट्टलगायतको उपस्थिति रहेको थियो ।



ट्रेन्डिङ