थालेसेमियाका विरामीलाई आर्थिक सहयोग

थालेसेमियाका विरामीलाई आर्थिक सहयोग

भरतपुर ६ साउन ।
थालेसेमियाका विरामीहरुको उपचारार्थ क्याट बेल्जियमले आर्थिक सहयोग गरेको छ । सोमबार क्याट बेल्जियमका अध्यक्ष भुवन सुवेदीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट भुवन सुवेदीलाई सो रकम हस्तान्तरण गरेकाछन् । प्रत्यक ६ महिनाको अन्तरालमा क्याट बेल्जियमले सो रकम बराबरको आथिएक सहयोग गर्दै आएको अध्यक्ष सुवेदीले बताए । क्याट बेलिजयमले विसं २०६७ देखि थालेसेमियाका विरामीको लागि सहयोग रकम उपलब्ध गराउन सुरु गरेको हो । शिक्षा र स्वास्थ्यलाई प्राथमिकिकरण गर्दै सहयोग कार्यक्रम सञ्चालन गरेको सुवेदीले बताए ।
थालेसेमिया का लागि रगत चढाउनु अत्यावश्यक छ । अपुष्ट रक्तकोषका कारण शरीरमा राम्रोस“ग रक्तकोषको विकास हुन नसक्दा थालेसेमिया हुन्छ । यो रोगलाई अनुवांशिक असन्तुलनका रुपमा हेर्ने गरिन्छ । यसका बिरामीलाई रगतको कमी हुने भएकाले समय–समयमा रगत चढाउनुपर्ने हुन्छ । भरतपुर अस्पतालमा थालेसेमियाका विरामीको लागि निशुल्क रगतको व्यवस्था गरिएको छ । क्याट बेल्जियमको सहयोग रकमले धेरै सहयोग पुगेको अस्पतालका मेसु श्रीराम तिवारीले बताए । विरामीहरु प्रत्यक साता वा आवश्यकता अनुसार अस्पताल आउ“छन् र रगत चढाएर फर्किन्छन् । एक पिन्ट रगत चढाउ“दा कम्तीमा ८ सय ५० रुपैंया खर्च हुन्छ । बालबालिकामा देखिने यो रोगले उनीहरुको आयु घटाउ“छ । विरामीले बाचुञ्जेल रगत चढाइराख्नुपर्छ । तर नियमित रगत चढाउनुलाई यसको उपचारको विकल्प सोच्न नहुने अस्पतालका बालरोग विशेषज्ञ डाक्टर युवानिधि बसौलाले बताए । दिगो उपचारका लागि “ आइरन चिलेटर ”औषधीको व्यवस्था तर्फ ध्यान दिन जरुरी रहेको उनले बताए । “थालेसेयिमाको अन्तिर उपचार भनेको बोनम्यारो ट्रान्सप्लान्ट हो , जुन हामीकहा“ सम्भव छैन ,” उनले भने ,“कम्तीमा औषधीको पहल गरीदिनुहोस् ।”
आइरन चिलेटर अँैषधीको पहु“च बढाउन सके आयु केही वर्ष थप लम्ब्याउन सकिने डाक्टर बसौला बताउ“छन् । भरतपुर अस्पतालमा यो अँैषधी उपलब्ध छैन ।
भरतपुर अस्पतालमा हाल ७८ जना थालेसेमियाका विरामी नियमित उपचारमा छन् । बालबालिकामा देखिने रोग लागेपछि उनीहरु औसत १४ वर्ष बा“च्छन् । उपचार सेवा लिनेमा ३५ जना बालिका छन् भने ४३ जना बालक ।। उपचारका लागि आएका मध्य ६० प्रतिशत थारु समुदायका बालबालिका हुन् । १८ प्रतिशत ब्राम्हण र बा“की अन्य समुदायलाई पनि थालेसेमिया देखिएको छ ।
कार्यक्रममा एनआरएनका प्रतिनिधि एवम् क्याट बेल्जियमका सल्लाहकार सरु चापागाईले उपचारका लागि आवश्यक उपकरणका सहयोगको लागि समिति मार्फत पहल गर्ने बताइन् ।
यसबीच क्याट बेल्जियमका सदस्य भरत अधिकारीले आफ्ना बुवा कृष्ण अधिकारी र छोरी माल्भिका अधिकारीको एकैसाथ परेको जन्मदिनको अवसरमा थालेसेमियाका विरामीहरुको लागि १० हजार रुपैंया सहयोग गरेको चितवन सहायता समाज का अध्यक्ष राजेन्द्र पौडेलले जानकारी दिए ।



ट्रेन्डिङ