नेटवर्कीङ व्यवसाय संचालन गरी ठगी गर्ने गिरोह चितवनमा पक्राउ

नेटवर्कीङ व्यवसाय संचालन गरी ठगी गर्ने गिरोह चितवनमा पक्राउ

चितवन ६ साउन । विभिन्न प्रलोभन देखाई नेटवर्कीङ व्यवसायको नाममा ठगी तीनजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । एल.टि एभरेष्ट हर्वल लाईफ ग्लोबल प्रालिका अध्यक्ष सुमन भन्ने जहरमान घिसिङ र सोहि संस्थाका सदस्यहरु गोरखा पालुङटार नगरपालिका १० का डि.वि भन्ने दल वहादुर गुरुङ र रुपन्देही बुटवल उपमहानगरपालिका ९ बस्ने पार्वती केसीलाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । नेपालमा प्रतिबन्धित नेटवर्कीर्ङे व्यवसायको नाममा चितवनका सर्वसाधरणलाई झुक्याउने काम गर्दै आएको सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरु सँग सोधपुछ गर्ने क्रममा प्रचलित कानून अनुसार प्रतिबन्धित नेटवर्कीड अन्तर्गत पिरामिड शैलीको व्यापार प्रणाली अपनाएको देखिन आएको प्रहरीको भनाई छ । पीडित भएका व्यक्तिहरुवाट ठगी सम्बन्धि जाहेरी परेकाले पक्राउ परेका तीनैजना उपर ठगी मुद्दाको प्रकृया अगाडी बढाई जिल्ला अदालत चितवनबाट अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।



ट्रेन्डिङ