चिट्टीक पारिदै भीमवली पार्क, हेर्नुहोस आठ फोटोमा भीमवली पार्क

चिट्टीक पारिदै भीमवली पार्क, हेर्नुहोस आठ फोटोमा भीमवली पार्क

सिमोन चौधरी / विपिएम न्यूज –

चितवनका सामुदायिक वनहरु मध्ये भीमवली सामुदायिक वन उपभोक्ता समुह पनि एक हो । समुदायले संरक्षण गर्दै आएपछि यो वनको स्वरुप फेरिएको छ । वनसँगै बन र वन्यजन्तुहरु संरक्षण हुन थालेका छन् । यहाँका उपभोक्ताहरुले दैनिक गस्ती गरेर यो वनलाई जोगाएका हुन । अहिले वन क्षेत्रभित्र वन्य जन्तुका लागि छुट्टै ताल बनाइएको छ । यस्तै ठाउँठाउँमा चरिचरणको व्यस्थापन समेत गरिएको छ । मानविय वस्ती जोडिएको क्षेत्रमा भने भीमवली पार्क बनाइएको छ । पार्कलाई बनभोज खाने स्थलको रुपमा विकास गर्न समिति सक्रिय बनेर जुटेका छन् । पार्कलाई व्यवस्थित बनाउन गुरु योजना नै बनाएर धमाधम निर्माणको काम चलिरहेको छ । सामुदायिक वनका अध्यक्ष मछिन्द्र पाण्डेका अनुसार बनमोज स्थलले यो क्षेत्रमा चहल पहल बढाउने छ । आन्तरिक पर्यटक भित्र्याउन समेत पार्क आवश्यक रहेकाले पार्कलाई व्यवस्थित बनाउने काम भइरहेको अध्यक्ष पाण्डेको भनाई छ ।



ट्रेन्डिङ