खोलेसिमल – काठमाण्डौं रुटमा चल्ने माइक्रोबस दुर्घटनामा १३ जना घाइते

खोलेसिमल – काठमाण्डौं रुटमा चल्ने  माइक्रोबस दुर्घटनामा १३ जना घाइते

चितवन ६, साउन । कालिका नगरपालिकाको खोलेसिमलबाट काठमाडौं जादै गरेको माइक्रोबस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन । बिहान ५ बजे काठमाडौंका लागि हिंडेको बा.५ ख ३१५१ नम्बरको माइक्रोबस पौने ८ बजे धादिङको थाक्रे गाउँपालिकाको वडा नं. १ खयरबारी भन्ने ठाउँमा दुर्घटना भएको हो । माइक्रोबस राजमार्गदेखि ५० मिटर तल खसेको थियो । सो माइक्रोबसलाई मिनि बसले ठक्कर दिएको थियो । मिनिबसको ठक्करले अनियन्त्री भइ खोलाको छेउ पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । माइक्रोबसमा सवार १३ जना यात्रु घाइते भएका छन् । घाइते सबै खतरामुक्त भएको धादिङ प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ