वेवारिसे अवस्थामा शव फेला ,  हत्या गरिएको हुन्सक्ने प्रहरीको अनुमान

वेवारिसे अवस्थामा शव फेला ,  हत्या गरिएको हुन्सक्ने प्रहरीको अनुमान

जाटाशंकर चौधरी /पिविएम न्यूज –
बारा ६ साउन ।
बाराको सुवर्ण गाउँपालिका १ बगहीमा एक युवकको शव वेवारिसे अवस्थामा फेला परेको छ । घटनाको प्रकृति हेर्दा गोली हानि हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक युवकको कन्चटमा गहिरो घाउ देखिएकाले गोली हानेर हत्या गरिएको हुन सक्ने अनुमान गरिएको छ। बगहीस्थित नहर छेउमा करिब २१ वर्षका युवकको वेवारिसे शव फेला परेपछि प्रहरीले शव बारे थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले जानकारी दिनुभयो ।
मृतक युवकको हातमा ट्याटुले खोपेर सौरभ लेखिएको भएपनि उनको सनाखत हुन सकेको छैन् । सोमबार बिहान २ बजेतिर बगही नहर छेउमा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक युवकको शव पोष्टमार्टमका लागि कलैयास्थित जिल्ला अस्पतालमा पठाइएको प्रहरी नायव उपरीक्षक राठौरले जानकारी दिदनुभयो। घटनाबारे अनुसन्धान भइरहेको बाराका प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ