लेनदेन मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

लेनदेन मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

जाटाशंकर चौधरी / विपिएम न्यूज –
बारा ६, साउन । लेनदेन मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कवहीगोठका प्रहरी टोलीले लेनदेन मुद्दामा फरार रहेका बाराको साविक गाविस कवहीगोठ वडा नम्बर ९ हाल सुवर्ण गाउँपालिका वडा नम्बर ३ बस्ने शिवनाथ राउत अहिरलाई पक्राउ गरेको छ । उनलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार फरार प्रतिवादी अहिर लेनदेन मुद्दामा जिल्ला अदालतको मिति २०७३ श्रावण ३१ गतेको फैसला आदेशले ९१ हजार पाँच सय बिगो रकम ठहर भएपछि अहिर फरार रहेको थिए । आफ्नै गाउँमा लुकिछिपी बसीरहेको सूचनाको आधारमा फरार प्रतिवादी अहिरलाई बिगो वापत एक वर्ष कैद भुक्तानको लागि कारागार वीरगंज पर्सामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले जानकारी दिनुभयो ।



ट्रेन्डिङ