तनावमुक्तिका लागि नृत्य

तनावमुक्तिका लागि नृत्य

पिविएम न्यूज
भरतपुर ५ साउन । नृत्यलाई शारीरिक व्यायामको रुपमा लिने गरिन्छ । नृत्य गर्दा मानसिक एकाग्रता अत्यावश्यक हुन्छ । मानसिक र शारीरिक व्यायामको उत्तम विकल्प नृत्य मनोरञ्जनका लागि पनि रुचाइन्छ । नृत्यको यही विशेषताकै कारण नारायणी कला मन्दिर नारायणगढले शनिबार नृत्य तथा तनावमुक्त कार्यशाला आयोजना ग¥यो । ६ घण्टासम्म चलेको कार्यशालामा सुरु देखि अन्तिम सम्मनै नृत्य चल्यो । कहिले स्लो मोसनमा त कहिले फास्ट ट्य्राक म्यूजिकमा सहभागिहरु नाचिरहे । उनीहरुलाई नृत्य सहजकर्ता चरण प्रधान, वरिष्ठ नृत्य निर्देशक राजु शाह र नाट्य सहजकर्ता किशोर डंगोलले फरक फरक शैलीमा नचाएका थिए । योग कै झल्को लाग्ने नृत्य साधनाबाट शरिरका नकारात्मक उर्जा निकालेर फाल्न मदत पुग्ने वरिष्ठ नृत्य निर्देशक राजु शाहले बताए । गोष्ठीमा ३६ जना सहभागि भएका थिए । कार्यशालमामा सहभागि कलामन्दिरका नृत्य निर्देशक सुमित लामाले नृत्य गर्दा वगेको पसिना पछि शरिरमा पलाउने उर्जाले छुट्टै अनुभूति भएको बताए । कार्यशालानारायणी कला मन्दिर नारायणगढका पुर्व अध्यक्ष कलाकार ऋद्धिचरण श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा पूर्व अध्यक्ष गायत्री श्रेष्ठ,पूर्व अध्यक्ष उत्तमलाल चुके,पूर्व अध्यक्ष दिलिप पिया र पूवै अध्यक्ष नारायण प्रधानको उपस्थिती थियो ।

 

 

((०००))



ट्रेन्डिङ