नेतृत्व गर्नेबारे विगतमा भएको सहमति कार्यान्वयन हुनुपर्छ – नेता पौडेल

नेतृत्व गर्नेबारे विगतमा भएको सहमति  कार्यान्वयन हुनुपर्छ  – नेता पौडेल

बुटवल — नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकार  र पार्टीको पालैपालो नेतृत्व गर्नेबारे विगतमा भएको सहमति अबिलम्व पालना गर्नुपर्ने बताएका छन् ।

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी एकतालाई मजबुद बनाउन पनि तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको पालैपालो सरकारको नेतृत्व गर्ने लगायतका ५ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने बताए ।

विगतको सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्न उनले सुझाब दिए । वर्तमान सरकारको काम-कारबाही प्रभावकारी नभएको भन्दै उनले प्रभावकारीताका लागि मन्त्री परिवर्तन गर्नसमेत माग गरे । धेरै कुरामा सरकार विवादमा फसेको भन्दै उनले निर्मला काण्ड, विधेयक ल्याउने फिर्ता गर्ने, गुठी विधेयकका सवाल, विषादी प्रकरणमा सरकार परिपक्व नदेखिँदा प्रतिपक्षले टाउको उठाउने मौका पाएको बताए ।


ट्रेन्डिङ