मोतिहारी-रक्सौल /अम्लेखगञ्ज पाइपलाइनबाट नेपालमा आइपुग्यो डिजेल

मोतिहारी-रक्सौल /अम्लेखगञ्ज पाइपलाइनबाट नेपालमा आइपुग्यो डिजेल

काठमाडौं, ३ साउन । नेपालको भारतबाट पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउने सपना पूरा भएको छ ।

नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन तयार भएपछि डिजेल आउन शुरु भएको हो । भारतीय आयल कर्पोरेसन (आइओसी) को मोतिहारी डिपोबाट दिउँसो २ बजेबाट तेल छाडिएपछि नेपाल आयल निगमको बारास्थित अमलेखगञ्ज डिपोमा डिजेल आईपुगेको निगमको अमलेखगञ्जस्थित डिपो प्रमुख प्रदीप यादवले जानकारी दिएका छन् ।

पाइप लाइनको सबै परीक्षण सकिएपछि डिजेल पठाएको उनले बताएका छन् । आइओसीको अनुदानको सहयोगमा बनेको पाइप लाइनबाट आउने डिजेल तत्काल अमलेखगञ्ज डिपोमा भने खन्याइने छैन ।

डिजेल पाइपमै राखिने जनाइएको छ । उनले उद्घाटनको दिन मात्र भल्ब खोलेर डिजेल पाइपबाट भण्डार गृहमा पठाइने जानकारी दिए । अगस्ट १५ भित्र उद्घाटन गर्ने तयारी पनि रहेको छ । पाइप लाइनबाट आएको तेल भण्डारण गर्नका लागि अमलेखगञ्ज डिपोमा ४ वटा ट्यांकी समेत बनिसकेका छन् । उनका अनुसार २ वटा ट्यांकी ३९ किलोलिटर र २ वटा ट्यांकी ४१ किलोलिटर क्षमताका छन् ।

उनले नेपालतर्फ ३६.२ किमि पाइपलाइन र भारततर्फ ३२.८ किलोमिटर पाइपलाइन बिछ्याइएको छ । पाइप बिछ्याउने काम सकिएपछि पानी हालेर ‘हाइड्रोलिक टेस्ट’ शुरु गरिएको थियो । उक्त परीक्षण सफल भएपछि तेल ल्याउन थालिएको हो ।

पाइप लाइनबाट तेल आउने भएपछि नेपालको बार्षिक २ बर्ष जोगिने छ ।



ट्रेन्डिङ