दोषी प्रमाणित भए शिक्षक पदमा समेत नरहने, दारुपाटीको आरोप लागेको हेडमास्टरको प्रतिबद्धता

दोषी प्रमाणित भए शिक्षक पदमा समेत नरहने, दारुपाटीको आरोप लागेको हेडमास्टरको प्रतिबद्धता

पिविएम न्यूज –

चितवन, २ श्रावण । असार मसान्त राती विद्यालयकै हाताभित्र जाडपार्टी गर्दै गरेको बेला रंगेहात पक्राउ परेका कपरफोरी माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु कट्टेलले आफूहरुलाई नाटकीय रुपबाट दोषारोपण गरी आरोप र मिडियाबाजी गरेको फेसबुक मार्फत् अभिव्यक्ति दिएका छन् । विद्यालयको निर्माणकार्य सकाएर ठेकेदार र मिस्त्रीहरु बस्ने कोठामा आराम गरिरहेको अवस्थामा नाटकीय रुपमा भिडियो बनाएर मिडियाबाजी गरेको प्रधानाध्यापक कट्टेलको भनाई छ । मनवीय भुलवस कहिकतै गलत हुन पुगेमा क्षमायाचना गर्ने र दोषी प्रमाणित भए प्रधानाध्यापक र शिक्षक पदमा समेत नरहने गरी कारबाहीको भागीदार बन्ने प्रदिबद्धता समेत उनले व्यक्त गरेका छन् । आफूरहेपनि वा नरहे पनि विद्यालय पुनः निर्माण र सुधारमा अहोरात्र खट्ने समेत कट्टेलले प्रतिबद्धता व्यक्त गरेका छन् ।

विष्णु कट्टेलको अभिव्यक्तिको पूर्ण पाठ –
आदरणीय अध्यक्ष तथा वि.व्य.स. सदस्यज्यू लगायत सबै सरोकारवाला महानुभावहरु मेरो नमस्कार; अनुरोध ।
मिति २०७६÷०३÷३१ गते बेलुकी विद्यालयको निर्माण कार्य सकाएर विद्यालयको निर्माणको लागि ठेकेदार एवं मिस्त्रीहरुलाई बसोबासको व्यवस्था मिलाइएको कोठामा आराम गरिरहेको अवस्थामा नाटकीय रुपबाट दोसारोपण गरी लगाएको आरोप र भिडियोको मिडियाबाजीप्रति हाम्रो विद्यालय प्रशासन घोर आपत्ति व्यक्त गर्दछ । साथै मानवीय भुलवस कहिं कतै गलत हुन पुगेमा क्षमयाचना गर्ने र कहि कतै दोषी प्रमाणित भएमा प्रधानाध्यापक त के, शिक्षक पदमा समेत नरहने गरी कारबाहीको भागेदार बन्ने प्रतिबद्धता व्यक्त गर्दछु । म रहे पनि नरहेपनि विद्यालय पुनः निर्माण र सुधारमा अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
विष्णु कट्टेल
प्रधानाध्यापक
श्री कपरफोरी मा. वि.
रत्ननगर–९, चितवन



ट्रेन्डिङ