चितवन जिल्ला अदालतका तीन न्यायाधीशको सरुवा

चितवन जिल्ला अदालतका तीन न्यायाधीशको सरुवा

चितवन २ साउन । न्यायपरिषद्को आजको बैठकले चितवन जिल्ला अदालतका तीन न्यायाधीशको सरुवा गरेको छ । सरुवा हुनेमा गीता श्रेष्ठ, बासुदेव न्यौपाने र शिवलाल पाण्डे रहेका छन् ।
न्यायपरिषद्को निर्णय अनुसार श्रेष्ठ काठमाडौंँ जिल्ला अदालत, न्यौपाने बाग्लुङ जिल्ला अदालत र पाण्डे जिल्ला अदालत कञ्चनपुरमा सरुवा भएका हुन् । न्यायपरिषद् बैठकले उच्चका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीश सरूवा गर्ने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले बताए ।



ट्रेन्डिङ