कम्युनिष्ट नेताहरुले स्मरण गरे कान्छीमायाको योगदानलाई ( फोटोफिचर सहित भिडियो पनि )

कम्युनिष्ट नेताहरुले स्मरण गरे कान्छीमायाको योगदानलाई ( फोटोफिचर सहित भिडियो पनि )

पिविएम न्यूज ।
चितवन २ साउन । कम्युनिष्ट आन्दोलनमा कान्छीमाया लामाको योगदान अतुलनिय भएको भन्दै कम्युनिष्ट नेताहरुले बताएका छन् । स्वर्गी कान्छीमाया लामाको १३ औं दिनको पुण्य तिथीको अवसरमा आज आयोजना गरिएको श्रद्धाञ्जली सभामा कम्युनिष्ट नेताहरुले समाजवादको यात्राले मात्रै कान्छीमाया लामाको सपना पुरा हुने बताएका थिए । कान्छीमाया लामा नेपाल सरकार प्रदेश नं. ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाका धर्मपत्नी हुन् ।
कलेजोको क्यान्सरबाट पीडित पत्नी कान्छीमायाको ५८ वर्षको उमेरमा असार २१ गते विहान हेटौडामा निधन भएको थियो । लामाको बौद्ध परम्परा अनुसार चितवनको राप्ती ४ स्थित भवानीपुर गुम्बामा अन्त्येष्टि गरिएको थियो । कान्छीमायालाई क्यान्सर भएको गत मंसिरमा पत्ता लागेको थियो । परिवारले उनलाई उपचारका लागि भारतसमेत लगेको थियो । स्वर्गीय लामाका दुई छोरी र दुई छोरा छन् । 000

 



ट्रेन्डिङ