चितवनमा क्रिष्टल गहना उद्यम फस्टाउँदै÷ गहनाको माग बढदो क्रममा

चितवनमा क्रिष्टल गहना उद्यम फस्टाउँदै÷ गहनाको माग बढदो क्रममा

प्रमिता ढकाल / विपिएम न्यूज
भरतपुर / भरतपुर १० की रेखा आचार्य क्रिष्टल र मोतीका गहना बनाउ“छिन् । साउन महिनाको लागि आएका अर्डरका सामान बनाउन भ्याइनभ्याई छ । हरियो प“हेलो रंग मिसाएर फरक फरक डिजाइनका माला, चुरा, टप तथा औंठीका अर्डरहरु उनले तयार गरीरहेकीछिन् । “साउनमा हरियो पहे“लो चुरा पोतेको खोजी हुन्छ ,” उनले भनिन् ,“ अर्डरको सामान मात्र नभई बजारको माग बढ्न सक्ने अनुमान सहित तयार गर्दैछु ।”
उनी करिव आधा घण्टामै साधारण डिजाइनको माला तयार गर्छिन् । हेभी माला तयार गर्न कम्तीमा ३ घण्टा लाग्ने उनले बताइन् । डेढ वर्षअघि सहकारीले दिएको क्रिष्टलका गहना बनाउने तालिममा सहभागि भएपछि उनले यो उद्यम सुरु गरेकीहुन् । “तालिमको लागि नाम टिपाउन जा“दा म यही उद्यम सुरु गर्छु भन्ने मनस्थिती थिएन,” उनले भनिन् ,“ तालिम सकिएकै दिन मैले निर्णय गरेर उद्यम सुरु गरेकीहु“ ।”
यस अघि रेखा फर्निचर व्यवसायमा संलग्न थिइन् । १२ वर्षसम्म फर्निचर व्यवसाय सञ्चालन गरेकी उनले पारिवारिक समस्याका कारण आफ्नो व्यवसाय छोडेको बताइन् । व्यवसाय छोडेर करिव दुई वर्ष खाली रहेपछि क्रिष्टल गहना बनाउने तालिममा पुगेकी थिइन् । त्यही तालिमले उनलाई नया“ उद्यम सुरु गर्ने बाटो पहिल्याइदियो ।
८—१० जना कर्मचारी राखेर फर्निचर व्यवसाय सञ्चालन गरेकी उनलाई सुरुआतका केही दिन सानो उद्यमलाई निरन्तरता दिने की नदिने दुविधा भयो । आफैंले खटिएर काम गर्दा दिनभरमा तयार हुने केही थान माला र हातमा पर्ने थोरै पैसाले उनलाई निराश बनायो । तर उनकी सासुले उनलाई हिम्मत दिइन् । सानै भएपनि सीपको व्यवसायको महत्व रहने भन्दै बुहारीको काम सघाइन् । सासुकै साथ पाएपछि उनले उद्यमलाई निरन्तरता दिइन् । रेखा यूट्यूवमा आउने विभिन्न मालाका डिजाइन हेर्छिन् ,थोरै मोडिफाई गर्छिन् र आफ्नै मौलिक डिजाइन तयार गर्छिन् , उनकी सासु भवानी देवी आचार्य ती मालालाई उन्न सहयोग गर्छिन् । घरमै बसेर गर्न सक्ने उद्यम भएकाले आफुलाई बुहारीको लगन खेर जान दिन मन नलागेको उनी बताउ“छीन् । तयार भएका गहनाको बजार खोज्न रेखा आफैं निस्किन्छिन् । होलसेल तथा खुद्रा कस्मेटीकमा उनी आफ्ना उत्पादन सप्लाई गर्छिन् । उनले तयार गरेका गहना एक सय ५० देखि एक हजार आठ सय रुपैंया खुद्रा विक्रि हुने गरेको छ । एक वर्षको अवधीमा आफ्नो खर्च कटाएर दुई लाख नाफा गर्न सकेको रेखाले बताइन् । गहना तयार गर्न आवश्यक सामग्री सहज रुपमा पाउन सके नाफा अझ बढ्ने उनको भनाई छ । “हातमा सीप र कामप्रति प्रेम भए जहा“ जहिल्यै पनि माथी उठ्न सकिने रहेछ,” उनले भनिन् । उनी अहिले सफल उद्यमी मात्र नभई कुशल प्रशिक्षक पनि बनेकीछिन् । बाग्लुंङ, स्याङजा, चितवनकै विभिन्न स्थानमा उनले महिलाहरुलाई तालिम दिइसकेकीछिन् । उनले तालिम दिएका महिलाहरु पनि अहिले उद्यम सुरु गरीसकेकाछन् । उनीसंगै तालिम लिएकी भरतपुर १० की लक्ष्मी लामिछानेले थोरै लगानीमा सजिलै सुरु गर्न सकिने उद्यम भएकाले आकर्षित भएको बताइन् । हरेक चाड पर्व, पारिवारिक भेटघाट, बिहे , पार्टीमा पहिरन अनुसारका डिजाइनर गरगहना लगाउने महिलाको कमी नभएकाले बजारीकरणमा समस्या नहुने उनको बुझाई छ । “ गरगहनाको मामलामा महिलाहरु सौखिन हन्छन् नै,” उनले भनिन्,“ डिजाइनमा ध्यान दिने हो भने बजारको समस्या ह“दैन । ” लक्ष्मीले तालिमको अवधीमा बनाएका गहना हातहातमै विक्रि भएपछि घरमा गहना बनाउन सुरु गरेकीहुन् । अर्डर आए मात्र बनाउने गरेकी उनले अब अन्य महिलालाई समेत सहभागि गराई समुहमा उद्यम सञ्चालन गर्ने सोच बनाएकीछिन् ।
रेखासंगै तालिम लिएकी शोभा श्रेष्ठले पनि क्रिष्टलका गहना बनाउने गर्छिन् । उनका छोरीहरु विदेशमाछन् । उनले बनाएका क्रिष्टलका गहना उनले छोरीलाई उपहार पठाएकीथिइन् । अहिले छोरीका साथी तथा समुहले त्यस्तै गहनाका सेटहरु माग गरिरहेकाछन् । सुरुसुरुमा रमाइलो लागेर आफु र आफ्ना आफन्तका लागि माला बनाएर उपहार दिने गरेकी शोभाले यसरी माग आउला भन्ने कल्पना गरेकीथिइनन् । अहिले उनलाई माला बनाएर विदेश पठाउन धौ धौ हुन्छ । “उनीहरु डिजाइन सहित अर्डर गर्छन् ,” उनले भनिन्,“ खटिएर गर्न सके बाहिरको पठाएरै आम्दानी गर्न सकिन्छ भन्ने लाग्छ ।”
पछिल्लो समय महिलाहरुका लागि सीपमूलक तालिममा क्रिष्टलका गहना बनाउने तालिमले विशेष स्थान पाउन थालेको छ । परिवारलाई आर्थिक रुपमा सहयोग पुग्ने र केही गर्छु भन्ने महिलाका लागि घरमै बसेर गर्न सकिने उद्यम भएकाले यसमा आकर्षण बढेको देखिन्छ ।



ट्रेन्डिङ