जलदेवी सामुदायिक वनले गणेशमान सिंह वन पुरस्कार प्राप्त गर्न सफल

जलदेवी सामुदायिक वनले गणेशमान सिंह वन पुरस्कार प्राप्त गर्न सफल

चितवन १ साउन । जलदेवी सामुदायिक वन उपभोक्ता समूह भरतपुरले गणेशमान सिंह बन पुरस्कार प्राप्त गरेको छ । चितवनकै इतिहासमा सामुदायिक वनहरुलाई प्रदान गरिने सबैभन्दा ठूलो राशीको पुरस्कार प्राप्त गर्ने पहिलो सामुदायिक वन बन्न सफल भएको छ ।  पहिलो पटक सान्त्वना पुरस्कार स्वरुप २५ हजार नगद सहित सम्मान प्राप्त गरेको छ । जनआन्दोलनको सर्वोच्च कमाण्डर गणेशमान सिंहको नामबाट २०५६ सालमा बन तथा भू–संरक्षण मन्त्रालयले देशभरका २२ हजार सामुदायिक वनहरुबाट प्रतिस्पर्धा गरी सबै भन्दा उत्कृष्ट काम गर्ने सामुदायिक वनहरुलाई भव्य समारोहकाबीच सम्मान गर्दै आएको छ । सम्मानित हुनेलाई बनमन्त्री शक्ति वहादुर बस्नेतको हातवाट उत्कृष्ट सामुदायिक वनहरुमा कबुलियती बन र निजी बनहरुलाई सम्मान गरिएको थियो । चितवनको सामुदायिक वनहरु मध्ये जलदेवी सामुदायिक वनले उत्कृष्ट सान्त्वना पुरस्कार सम्मान पत्र सहित नगद २५ हजार सहित सम्मान प्राप्त गरेको छ ।



ट्रेन्डिङ