प्रहरीको छापा मार्ने शैली प्रति होटल व्यवसायीहरुको आपत्ती

प्रहरीको छापा मार्ने शैली प्रति होटल व्यवसायीहरुको आपत्ती

भरतपुर १ साउन । होटल, रेष्टुरेन्ट तथा लजहरुमा प्रहरीले आफुखुशी छापा मारेको भन्दै चितवनका होटल व्यवसायीहरुले आपत्ती जनाएका छन् । नाता खुलाई बसेका सेवाग्राहीलाई जथाभावी पक्राउ गरेर चितवनलाई प्रहरीले वदनाम गराउन थालेको भन्दै होटल व्यवसायीहले आपत्ती जनाएका हुन् । भरतपुरमा आज पत्रकार सम्मेलन गरेर नै प्रहरीको छापामार्ने शेलीको विरोध गरेका हुन ।
प्रहरी प्रशासन र यहाँका होटल व्यवसायीहरुबीच भएको सम्झौता विपरित प्रहरीले छापा मारेर सेवाग्राहीलाई दुख दिएको उनीहरुको आरोप छ । क्लिन चितवनको नाममा छापा मारेर शान्त चितवनलाई बदनाम गराउने प्रहरीको अभियान गलत भएको भन्दै आगामी दिनमा यस्तो कार्य नगर्न समेत प्रहरीलाई आग्रह गरेको छ ।
छापामार्ने नाममा प्रहरीले मानव अधिकार हनन गरेको समेत होटल व्यवसायीहरुको आरोप छ । होटल व्यवसायी संघका संस्थापक अध्यक्ष सुवास प्रधानले छानविनको नाममा आफ्ना सेवाग्राहीलाई उठाउन नपाउने बताउनुभयो । अपराधिक क्रियाकलाप भए छानविनका लागि होटल व्यवसायीहरुले नै प्रहरीलाई सहयोग गर्ने तर यौन धन्दा लगायत अनेक खालको आरोपमा सेवाग्राहीलाई तर्साने काम गर्न नपाउने व्यवसायीहरुको तर्क छ । पत्रकार सम्मेलनमा उद्योग बाणिज्य संघ चितवन, चितवन उद्योग संघ, चेम्बर अफ कर्मस, क्षेत्रीय होटल संघ सौराहा, रत्ननगर उद्योग बाणिज्य संघ, रेष्टुरेन्ट एण्ड बार एशोसियसन रेवान सौराहाका प्रतिनिधिहरु पनि सहभागी थिए । केहिदिन अघि भरतपुर, नारायणगढ, शिवघाट, टांडी, भण्डारा हँुदै विभिन्न होटल तथा लजहरुमा छापा मारेर ४२ महिला सहित ९९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ((०))



ट्रेन्डिङ