आफ्ना गुरुका लागि कंकाली स्कुलका पूर्व विद्यार्थीहरुले आवास निर्माण गर्दै – फोटोफिचर सहित

आफ्ना गुरुका लागि कंकाली स्कुलका पूर्व विद्यार्थीहरुले आवास निर्माण गर्दै – फोटोफिचर सहित

सन्तकुमार चौधरी / पिविएम न्यूज –
चितवन १ साउन । गुरु पूर्णिमाको दिन विशेष गरी आफ्ना गुरुहरुलाई स्मरण गर्ने गरिन्छ । यो दिन आफ्ना गुरुवर्गहरुलाई सम्मान गर्ने चलन छ । पछिल्ला पुस्ताले देखावटी र वनावटी रुपमा आफ्ना गुरुवर्गलाई सम्मान गर्ने गरेको सुन्ने गरिन्छ । सामाजिक संचालमा मात्रै सिमित गुरुपूर्णिमालाई पूर्वी चितवनको खैरहनी १ बहेरा स्थित कंकालि माध्यमिक विद्यालयका पूर्व विद्यार्थीले भने गुरुको सम्मानका लागि आवास निर्माणमा जुटेका छन् । यो योजनालाई पूर्व विद्यार्थीहरुले गुरु आवास निर्माण आयोजना नाम दिएका छन् ।
कंकाली माध्यमिक विद्यालयमा लामो समयदेखि अध्यापन गराउँदै आउनुभएका शिक्षक पशुपतीलाल कर्णका लागि आवास निर्माणमा जेटेका हुन । विद्यालयकै अगाडी शिक्षककै नाममा रहेको ७ धुर जग्गामा आवास निर्माण हुन लागेको हो । आवस तीनकोठाका हुने छ । आजै एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति भरतपुरका प्रमुख कृष्ण डल्लाकोटीले भवनको शिलन्यास गर्नुभयो ।
शिलन्यास कार्यक्रममा बोल्दै डल्लाकोटीले आवास निर्माण कार्यक्रम एउटा गुरु प्रति शिष्यहरुको सच्चा सम्मान रहेको बताउनुभयो । गुरु र शिष्यहरुबीचको सुमधुर सम्बन्धले समाजलाई समेत गतिलो सभ्यता सिकाउने भन्दै गुरु प्रति शिष्यहरुले गर्न लागेको यो काममो खुलेरै प्रशंसा गर्नुभयो ।
कार्यक्रमलाई संवोधन गर्दै शिक्षक पशुपतिलाल कर्णले आफ्ना शिष्यहरुले गर्न लागेको यो कामको बयान गर्न आफुसँग कुनै शव्द नभएको सुनाउनुभयो । शिष्यहरुले आफ्ना लागि गर्न लागेको यो कामले आफुले लामो समय पढाएको यो स्कुल हेर्दै मर्ने अन्तिम इच्छा पुरा हुने बताउनुभयो ।
कंकाली मावि पूर्व विद्यार्थी समाजका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा आयोजना गरिएको शिलन्यास कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष भूमिप्रसाद कंडेल लगायतले बोल्नुभएको थियो ।
झण्डै २० लाखको लागतमा शिक्षक कर्णका लागि आवास निर्माण हुँदैछ । आवास निर्माणका लागि विदेशमा रहेका स्कुलका पूर्व विद्यार्थी देखि स्थानीय समाजसेवीहरुले समेत आर्थिक सहयोग दिने क्रम जारी छ । पूर्व विद्यार्थी समाजका अनुसार अहिले सम्म आवास निर्माणका लागि झण्डै साढे ७ लाख रुपैयाँ संकलन भइसकेको छ । भवन तीन महिना भित्र निर्माण गरेर सम्बन्धित शिक्षकलाई हस्तान्तरण गर्ने योजना छ ।
सिरहा जिल्लाको धनगढी गाविस वडा नं. ५ नैनपुरमा जन्मिनुभएका शिक्षक कर्णलाई २०२६ साल जेठ २४ गते मामा प्रतापनयन कर्णले चितवन ल्याउनुभएको थियो । मामा सँग चितवन आउनुभएका शिक्षक कर्णले २०२६ साल भदौं १२ गते झुवानी स्कुलमा नियुक्ती लिएर चितवनमा अध्यापन यात्रा सुरु गर्नुभयो । २०२७ साल फागुन १ गते झुवानी प्राविवा सरुवा भएर कंकाली माध्यमिक विद्यालयमा सरुवा भएर आउनुभएको थियो । त्यतिबेला कंकाली माध्यमिक विद्यालय प्रावि स्तरको विद्यालय थियो । २०२७ सालदेखि निरन्तर रुपमा अध्यापन गराउँदै आउनुभएका शिक्षक पशुपतिलाल कर्णले निरन्तर रुपमा ४२ वर्ष सोही स्कुलमा अध्यापन गराउनुभयो । अहिले अवकाशमा हुनुहुन्छ । अवकाशमा रहेपनि विद्यालय आउने जाने क्रम अझै जारी छ ।
सम्पतिको घडेरी मात्रै छ । श्रीमति बुद्धमावति देवी कर्ण क्यान्सर पीडित हुनुहुन्छ । स्तन क्यान्सर पीडित श्रीमतिको रेखदेख गर्ने उहाँको दिनचर्या छ ।
पशुपतिलाल कर्णको बारेमा कस्ले के भने ?
रमण पाठक – पूर्व सहायक प्रधानाध्यापक ) -–स्कुल स्थापना गर्दा यो स्कुलमा आउनुभयो । लामो समय यतै विताउनुभयो । शिक्षकले विद्यार्थी, अभिभाव र समाजका लागि कस्तो भूमिका खेल्नपर्छ भन्ने उहाँमा छ । रिर्टार लाइफ भएपनि उहाँ अझै स्कुललाई समय दिनेगर्नुहुन्छ । स्कुलको पठन–पाठन सकिएपनि विद्यार्थीहरुको घरघरमा पुग्नुहुन्थ्यो । विद्यार्थीको कमिकमजोरी अभिभावकलाई बुझाउने गर्नुहुन्थ्यो । स्कुलमा धेरै समय निशुल्क सेवा पनि गर्नुभयो । पूर्व विद्यार्थीहरुको यो सम्मान कार्यक्रमले शिक्षक र विद्यार्थी बीचको सम्बन्ध अझै बलियो हुनेछ भन्ने लाग्छ । र सबैका लागि उदाहरण काम पनि हुने छ ।
श्याम बहादुर ढुंगाना – पूर्व शिक्षक ः– यसलाई सकारात्मक रुपमा लिएको छ ु । एउटा विद्यार्थीले आफुपढेको स्थान र आफुना गुरुहरु प्रति देखाएको सद्भाव हो यो । युवा शक्तिहरु अर्थात पूर्व विद्यार्थीहरु एउटा गुरुका लागि आवास बनाउने अभियान संचालन संचालन गरेर सच्चा शिष्य र गुरुबीचको सम्बन्धलाई बलियो बनाउने काम गरेको छ । पढ्ने पढाउने मात्रै शिक्षक र विद्यार्थीबीचको सम्बन्ध छैन । एउटा गुरुले विद्यार्थीलाई गर्ने व्यवहार र एउटा विद्यार्थीले आफ्नो गुरुलाई गर्नुपर्ने सम्मान निकै फराकिलो छ भन्ने उदाहरण पनि हो यो । यो कामले अरु आउने नयाँ विद्यार्थीलाई पनि प्ररेणा मिल्नेछ ।
भूमि प्रसाद कंडेल -– वडा अध्यक्ष ः
यो एउटा गुरुप्रतिको सच्चा सम्मान हो । पूर्व विद्यार्थीहरुको योगदानले सिंगो नगरपालिका खुशी छौं । यो खबरले यहाँका नगरबासी र हामी स्थानीय सबै हर्षित छौं । वडाले पनि यो अभियानमा सहयोग गर्न तत्पर छ । म आफैले पनि पूर्व विद्यार्थीहरु सँग हातेमालो गर्न तयार छु ।
कृष्ण डल्लाकोटी – सभापति ः जिल्ला समन्वय समिति भरतपुर
केहि सिक्नु छ भने कंकाली विद्यालय जानुस भन्ने गरेको छु । पूर्व विद्यार्थीले विद्यालय परिसरमा स्वर्ण स्तम्भ नै बनाएको छ । २० लाखको लागतमा गुरु आवास निर्माण गर्ने आट लिनुभएको खबर अत्यन्तै प्रशंसनिय छ । यो अभियानले असल समाज, असल नागरिक बनाउने ठूलो मद्दत पुग्नेछ । पशुपति सरको योगदानलाई पूर्व विद्यार्थी समाजले गरेको काम अत्यन्तै प्रशंसा गर्न लायक छ । यो अभियानमा हाम्रो पनि सहयोग हुने छ । समाजिक व्यक्तित्व, नागरिक समाजले पनि आफ्नो उपस्थ्तिी देखाउनुपर्ने बेला आएको छ ।
((००))



ट्रेन्डिङ