कालिकालाई हरियाली नगर बनाउने अभियान तीब्र / सेनाको व्यारेक भित्र वृक्षारोपण गरियो

कालिकालाई हरियाली नगर बनाउने अभियान तीब्र / सेनाको व्यारेक भित्र वृक्षारोपण गरियो

कालिका ३१ । कालिका नगरपालिकाले हरियाली नगरबनाउने अभियानलाई तीब्रता दिएको छ । नगरलाई हरियाली बनाउन विभिन्न वडाहरुमा वृक्षारोपण गर्दै आएको नगरपालिकाले नेपाली सेनाको रसौली व्यारेकमा समेत बृक्षारोपण गरेको छ । कालिका नगरपालिकाको सहयोगमा नेपाली सेनाको रसौली व्यारेकमा मंगलवार बृक्षारोपण गरिएको हो । नेपाली सेना नं २ विपद् व्यवस्थापन गण रसौलीको परिसरमा बृक्षारोपण नगरपालिकाले जनाएको छ । कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले आँपको विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । व्यारेक परिसरमा आँप,लिच्ची,एबोकोडो,कागती,अब्बा,कटहरका २ सय १० वटा विरुवा रोपिएको गणका प्रमुख सेनानी राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । कार्यक्रममा कालिका नगरपालिकाको कृषि शाखा प्रमुख शिवराज पौडेलले विरुवा रोप्ने तरिकाको विषयमा नेपाली सेनालाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा कालिका वडा नं ६ का वडाध्यक्ष विनोद रेग्मी,कालिका नगरपालिकाका दीपक लामिछाने, नेपाली सेनाका अन्य अधिकृत लगायतको सहभागिता रहेको थियो । विरुवा नगरपालिकाले सहयोग गरेको हो ।



ट्रेन्डिङ