सीमान्तकृत समुदायका विद्यार्थीहरुलाई बार्षिक छात्राबृती वितरण

सीमान्तकृत समुदायका विद्यार्थीहरुलाई बार्षिक छात्राबृती वितरण

कालिका ३१ असार । भरतपुरमा रहेको चेली नेपालले कालिका नगरपालिकाका गरिव तथा सीमान्तकृत समुदायका विद्यार्थीहरुलाई बार्षिक छात्राबृती वितरण गरेको छ । सो संस्थाले कालिका नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने २५ जना छात्राहरुलाई बार्षिक २५ हजारका दरले छात्राबृत्ती प्रदान गरेको संस्थाकी कार्यक्रम निर्देशक रतिना श्रेष्ठले जानकारी दिइन ।
मंगलवार आयोजित कार्यक्रममा कालिकाका मेयर खुमनारायण श्रेष्ठ र चेली नेपालकी कार्यक्रम निर्देशक रतिना श्रेष्ठले छात्राबृत्ती रकम हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर श्रेष्ठले विद्यार्थीहरुले प्राप्त गरेको रकम सही सदुपयोग गरेर आफ्ना छोरीहरुलाई शिक्षा प्रदान गर्न अभिभावकलाई आग्रह गरे ।
सीमन्तकृत समुदायका विद्यार्थीहरुको शिक्षाका लागि नगरपालिका गम्भीर रहेको भन्दै उनले चेपाङ समुदायका विद्यार्थीहरुको अध्ययनका लागि सिद्धिमा होस्टेल सञ्चालन गर्ने तयारी गरिएको बताए । कार्यक्रममा भीमोदय माविका प्रधनाध्यापक डा।हरि कंडेलले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि बार्षिक २५ हजार रुपैया प्रयाप्त रहेको भन्दै यसको सदुपयोग गरेर विद्यार्थीहरुले शिक्षा आर्जन गर्नुपर्ने बताए ।
कार्यक्रम निर्देशक श्रेष्ठले चेली नेपालले नेपालका सामुदायिक विद्यायमा अध्ययन गर्ने गरिवका १६३ जना विद्यार्थीहरुलाई बार्षिक रुपमा छात्राबृत्ती वितरण गर्दै आएको बताइन । चेली नेपालले २०७३ सालदेखि छात्राबृत्ती दिँदै आएको छ । बार्षिक रुपमा छात्राबृत्ती स्वरुप ४० लाख ७५ हजार रुपैया खर्च हुने उनले बताइन । चेली नेपालकी सञ्चालक सदस्य सत्यादेबी श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।



ट्रेन्डिङ