चितवनमा वितरण भइरहेका अधिकाङ्स खानेपानी पिउने अयोग्य

चितवनमा वितरण भइरहेका अधिकाङ्स खानेपानी पिउने अयोग्य

प्रमिता ढकाल – विपिएम न्यूज
असार ३१ भरतपुर / चितवनका अधिकांश स्थानियले अशुद्ध पिउने पानी पिइरहेकाछन् । शुद्ध खानेपानी भनेर वितरण गरिरहेका चितवनका खानेपानी आयोजनाकै पानी अशुद्ध भएको पुष्टी भएको हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनले नसर्ने रोग तथा जिल्लाको खानेपानीबारे अन्तरक्रियाको आयोजना गरी सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनले तीन वर्ष लगाएर गरेको खानेपानी परीक्षणमा चितवनमा वितरण भइरहेको खानेपानी पिउन अयोग्य प्रमाणित भएको हो ।
कार्यालयले चितवनका ३५ वटा खानेपानी आयोजनाको पानी परिक्षण गरेको थियो । ती मध्य मंगलबार २१ वटा आयोजनाको प्रतिवेदन सार्वजनिक गरीएको हो । जिल्लाका नौ वटा खानेपानी आयोजनाले मात्रै शुद्ध खानेपानी वितरण गरेको भेटिएको स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले बताए । सम्पूर्ण नेपालीले शुद्ध पानी पिउनुपर्ने भन्ने सरकारको प्रतिवद्धता अनुसार चितवनको खानेपानी सुरक्षा योजना लागू भएका संस्थाहरुको पानी परीक्षण गर्दा अधिकांशमा कोलिफर्म भेटिएको अधिकारीले बताए ।
स्रोतको खानेपानी, ट्यांकीमा जम्मा गरेको, उपभोक्ताको धाराको खानेपानी परीक्षण गरिएको मध्ये बोरिङको खानेपानी सबैभन्दा शुद्ध भेटिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । खोलाको पानीलाई पिउन प्रयोग गरिएको ठाउ“को पानी तथा ढल र खानेपानीको पाइप एकै ठाउ“बाट बिछ्याइएको अवस्थामा पानी अशुद्ध भृटिएको अधिकारीले बताए ।
कार्यक्रममा नसर्ने रोग तथा दिर्घ रोगका बारेमा अन्तरक्रिया गरिएको छ । आधुनिक जीवनशैलीका कारण नसर्ने रोगकको समस्या बढ्दै गएकोले यसबारे सचेतना आवश्यक देखिएको कायक्रममा जोड दिइएको छ । नसर्ने रोग मध्य नेपालमा चार प्रकारका रोगले बढी मानिस ग्रसित छन् । मधुमेह, उच्च रक्तचाप, मोटोपना र मुटु सम्बन्धी रोग बदलिँदो जीवनशैलीको असर मानिन्छ । सन् २०१८ को एक अध्ययन अनुसार नेपालमा रोगका कारण कुने कूल मृत्यूको ६६ प्रतिशत मृत्यू नसर्ने रोगकै कारण भएको छ । धुमपान, मद्यपान, अस्वस्थयकर खाना र शारिरिक व्यायामको कमी नसर्ने रोगका प्रमुख कारक तत्व मानिन्छ । ((०००



ट्रेन्डिङ